Intresting

दुनियाँकै अनौठो : प्रेमीकासँग ३ दिन, श्रीमतीसँग ३ दिन बस्ने र १ दिन छुट्टी पाउनेगरी श्रीमान भागबण्डा !

यी दुईबीच भएको सहमती अनुसार श्रीमान् हप्तामा तीनदिन श्रीमतीसँग बस्नेछन् भने अर्को तीन दिन प्रेमिकासँग बस्नेछन् । र एक दिन श्रीमानलाई उनीहरुले छुट्टी पनि दिएका छन् । शनिबार ती व्यक्तिकी प्रेमिकाले प्रेमीले आफूसँग गरेको सम्झौता तोड्दै पाँच दिनदेखि घर नआएको भन्दै प्रहरी चौकीमा उजुरी दिइन् ।

श्रीमान्, श्रीमती र तेस्रो व्यक्तिबीचको चक्करमा पुलिस पनि तनावमा परेको भास्करले लेखेको छ । प्रहरीले श्रीमान राजेश कुमारलाई चौकीमा बोलाएर सम्झाएको र राजेशकी श्रीमती र प्रेमिकाबीच सहमती भएको समाचारमा बताइएको छ । प्रहरीको उपस्थितीमा प्रेमिका र श्रीमतीले सम्झौता गरेका हुन् ।

राजेशले पछि प्रेमिकालाई पनि विवाह गरेको बताइएको छ त्यसकारण हप्तामा तीन दिन जेठी श्रीमती र अर्को तीन दिन कान्छी श्रीमतीसँग उनी बस्नेछन् । एक दिन उनका लागि विदा हो, उनी त्यस दिन स्वच्छाले जहाँ पनि बस्न सक्नेछन् ।

Related Articles

Back to top button