International

अमिताभले अस्पतालकोबाट नमस्तै गर्दै भगवानलाई सम्झिदै यस्तो लेखे

एजेन्सी । कोरोनाले थलिएका भारतीय सुपरस्टार अमिताभ वच्चन यतिबेला अस्पतालको शैयामा बसेर स्वास्थ्यलाभ गरिरहेका छन् । अस्पतालको शैह्याबाट अमिताभले आफ्नो स्वास्यमा सुधार आइरहेको उल्लेख गर्दै भगवान्लाई सम्झिएर दिन काटिरहेका छन् ।कोरोना पोजेटिभ देखिएपछि अमिताभ केही दिनयता मुम्बईको नानावटी अस्पतालमा उपचाररत अवस्थामा छन् । जहाँ उनीसँगै छोरा अभिषेकपनि आइसोलेसनमा उपचाररत छन् ।

त्यस्तै बुहारी ऐश्वर्या र नातिनी आराध्याय भने क्वारेन्टाइनमा रहेका बेला अमिताभले सबैको स्वास्थ्यलाभको कामना गर्दै अस्पताल भर्ना भएको १ साता पुग्न लाग्दा भगवान्लाई सम्झिएका छन् । जुन तस्विर इस्टाग्राममा अहिले भाइरल बनिरहेको छ । तस्विरमा उनले , ‘ईश्वरको चरणमा समर्पित भन्दै क्याप्सन लेखेका छन् ।

Related Articles

Back to top button