Video

प्रधानमन्त्री का यी चार कदम जसले भारत हल्लियो,बिदेशी मीडियाले भन्यो भारत हल्लाउने नेपालको पावर देखियो भिडियो हेर्नुहोस

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले आफूले पदबाट कुनै हालतमा राजिनामा नदिने प्रष्ट गर्दै सकेको गर्न आफ्ना वि रुद्धमा रहेका नेताहरुलाई चु नौति दिनुभएको छ । ओलीको कार्यशैली र अभिव्यक्तिले पार्टी र सरकार दुबै सं कटमा परेको निष्कर्ष निकाल्दै आउनु भएको अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाललाई ओलीले सकेको गर्न चु नौति दिनुभएको हो ।

विवादको समाधान खोज्न भन्दै आफूसँग छलफल गर्न बालुवाटार आएका दाहाल र नेपाललाई उहाँले आफू स्थायी कमिटी मात्र होइन पार्टीका सबै कमिटी फेस गर्न तयार रहेको तर राजिनामा भने नदिने जवाफ दिनुभएको स्रोतले जानकारी दियो । स्थायी कमिटी लगातार स्थगित गरेर समाधान खोज्न भनेपनि दुई अध्यक्षको संवादबाट हल ननिस्केपछि बिहीबार छलफलमा माधव नेपाल पनि थपिनु भएको थियो ।

बैठकमा दाहाल र नेपालले प्रष्ट शब्दमा पुरानै माग राख्दै अब ओलीको राजिनामा बाहेक अरु विषयबाट समाधान ननिस्कने भएकाले पद त्याग्न भन्नुभएको थियो । ओलीले छोप्नै नसक्ने गरी राजनीतिक र कूटनीतिक कमजोरी गरेकाले अर्को बाटो नरहेको उहाँहरुको जिकिर थियो ।बिहीबारको बैठकमा पार्टी महासचिव विष्णु पौडेल र जनार्दन शर्मा पनि सहभागि हुनुहुन्थ्यो ।छलफलबाट निष्कर्ष ननिस्के पनि शुक्रबारको स्थायी कमिटी बैठक बोलाउन भने सहमति बनेको छ ।

लिम्पियाधुरासहितको भूभाग समेटेर नेपालको नयाँ नक्शा जारी गरेपछि पार्टी नेताहरुलाई प्रयोग गरेर भारतले सरकार ढाल्न खोजेको अभिव्यक्ति दिएपछि प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति रुष्ट नेकपाका शीर्ष नेताहरु पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट हटाउने एक सूत्रीय अभियानमा उभिएका छन् ।

झन् पछिल्लो पटक अयोध्या नेपालमा पर्ने र भगवान राम पनि नेपालमै जन्मिएको अभिव्यक्ति दिएपछि ओलीको देशभित्र र बाहिर पनि आ लोचना चुलिएको छ । यस्तोमा नेकपाका नेताहरु ओलीवि रुद्ध एक ठाउँमा उभिएका हुन् ।

नेता बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, भीम रावललगायतले त अयोध्याकाण्डमा प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाएर सार्वजनिक अभिव्यक्ति दिइसक्नु भएको छ ।यो बीचमा पार्टी विभाजनको मुखमा पुगेको भन्दै दोस्रा तहका नेताहरुले भने सहमति खोज्न नेताहरुलाई दबाब दिइरहेका छन् । ओली राजिनामा नदिने र अरु नेता नलिई नछाड्ने अडानमा हुनुहुन्छ ।

कुनै हालतमा ओलीलाई पद त्याग्न बाध्य बनाउने एक सूत्रीय अभियानमा जोडिनुभएका दाहाल–नेपाललाई निरस्त्र गर्न ओलीले पनि पटक पटक विभिन्न अस्त्र फ्याँक्नु भएको छ ।लिम्पियाधुरासहितको भूभाग समेटेर नक्शा प्रकाशित गरेपछि आफूलाई हटाउन भारत लागेको र त्यसमा पार्टीकै नेताहरु संलग्न रहेको आरोप ओलीले लगाएपछि दाहाल–नेपाल समूह आ क्रोशित बनेको छ ।

यद्यपि, ओलीलाई कार्वाही गर्ने निर्णय गरिहाल्दा कतै दल विभाजनको अध्यादेश ल्याएरै भए पनि नयाँ दल दर्ता गराउने हो कि भन्ने त्रास दाहाल–नेपाल खेमामा देखिन्छ ।बिहीबार बालुवाटार जानुअघि अध्यक्ष दाहालले आफ्नो निवास खुमलटारमा आफूपक्षीय सचिवालय सदस्यहरुसँग राय माग्नुभएको थियो ।खुमलटार बैठकमा दाहाल, नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाबीच प्रधानमन्त्रीको राजीनामा माग्ने अडान नछाड्ने सहमति भएको थियो ।

प्रधानमन्त्री का यी चार कदम जसले भारत हल्लियो,बिदेशी मीडियाले भन्यो भारत हल्लाउने नेपालको पावर देखियो भिडियो हेर्नुहोस

Related Articles

Back to top button