News

काठमाडौंमा ब्यूटी पार्लर व्यवसायीलाई कोरोना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमडौंमा ब्यूटी पार्लर व्यवसायमा संलग्न एक जनालाई कोरोना भाइरस रोग (कोभिड – १९ )को पुष्टि भएको जानकारी दिएको छ । मन्त्रालयका अनुसार धेरै भीडभाड हुने स्थानमा गरिएको स्वाब परीक्षणमा एक पार्लर व्यवसायीलाई कोरोना पुष्टि भएको छ ।

संक्रमितको ठेगानाबारे मन्त्रालयले जानकारी दिएको छैन । पछिल्लो २४ घण्टामा १०१ जना नयाँ संक्रमित थपिएका छन् । हालसम्म नेपालमा १७ हजार ४४५ जनालाई कोरोना पुष्टि भइसकेको छ । ११ हजार ५३४ जना संक्रमित निको भएर घर फर्किएका छन् भने ४० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमडौंमा ब्यूटी पार्लर व्यवसायमा संलग्न एक जनालाई कोरोना भाइरस रोग (कोभिड – १९ )को पुष्टि भएको जानकारी दिएको छ । मन्त्रालयका अनुसार धेरै भीडभाड हुने स्थानमा गरिएको स्वाब परीक्षणमा एक पार्लर व्यवसायीलाई कोरोना पुष्टि भएको छ ।

संक्रमितको ठेगानाबारे मन्त्रालयले जानकारी दिएको छैन । पछिल्लो २४ घण्टामा १०१ जना नयाँ संक्रमित थपिएका छन् । हालसम्म नेपालमा १७ हजार ४४५ जनालाई कोरोना पुष्टि भइसकेको छ । ११ हजार ५३४ जना संक्रमित निको भएर घर फर्किएका छन् भने ४० जनाको मृत्यु भएको छ ।

Related Articles

Back to top button