News

को रोना म हामारीका कारण बन्द दोलखाको भीमेश्वर मन्दिर भोलिदेखि खुला गरिने

को रोना म हामारीका कारण बन्द गरिएको एकशिला तीन अवतारको रुपमा पुजिने नेपालकै प्रशिद्ध भीमेश्वर मन्दिर सर्वसाधारणको लागि साउन ३ गते (शनिबार)देखि खुला गरिने भएको छ ।शुक्रबार भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समिति र भीमेश्वर नगरपालिका–२ स्तरीय छलफलपछि सर्वसाधारणका लागि शनिबार (भोलि)बाट मन्दिर खुला गरिने निर्णय गरिएको हो ।

सुरक्षाको सबै उपाय र सामाजिक दूरी कायम गरी मुख्य च्यानल गेट खुला गरिने तर, मन्दिर मुलद्वारबाट भीमेश्वर शिलाको दर्शन मात्र गर्ने गरी मन्दिर खुला गरिने भीमेश्वर नगरपालिका–२ का वडाध्यक्ष बिराजमान श्रेष्ठले बताए ।दोलखा बजारमा मनाइने गुल्ना पर्वका लागि मन्दिर नघुमी नहुने तथा जात्रा पर्व निन्तरताको लागि मन्दिर खुला गर्नु परेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

यो पनि पढ्नुहोस : काठमाण्डौ – टिकट काट्ने पैसासमेत नभएर विदेशमा अ लपत्र नेपालीको निःशुल्क उ द्धार सम्बन्धी निर्देशिका मन्त्रिपरिषदबाट पारित भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले निर्देशिका पारित गरेको सरकारका प्रवक्ता तथा अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभयो । कार्यविधिले रोजगारदाताले टिकट नदिएका र आफ्नै खर्चमा पनि फर्कंन नसक्ने अवस्थामा श्रमिकलाई सम्बन्धित देशमा रहेका दूतावासको सिफारिसमा वैदेशिक रोजगार कल्याणकारी कोषको रकममार्फत निःशुल्क उ द्धारको व्यवस्था गरेको छ ।

श्रम स्वीकृति लिएर गएको एक वर्षभन्दा कम करार अवधिमा रोजगारी गुमाएर अ लपत्र परेका श्रमिकलाई स्वदेश ल्याउँदा लाग्ने सबै रकम कोषबाट व्यहोरिने छ । निर्देशिकाले तोकेको मापदण्डभित्र पर्ने श्रमिक अहिले नै फर्किसकेको भएमा लागेको रकम फिर्ता दिने व्यवस्था समेत गरेको छ ।

सम्बन्धित रोजगारदाताले श्रमिकलाई हवाई शुल्क उपलब्ध गराउने वा नगराउने, श्रमिकको अवस्था, तलबलगायत सेवासुविधा पाएको वा नपाएकोबारे सम्बन्धित देशमा रहेका दूतावासले छानबिन गर्नेछन् । यसअघि नेपालीको स्वदेश फिर्तीको लागि सरकारले श्रमिक आफैंले खर्च व्यहोर्नुपर्ने व्यवस्था गरेको थियो ।

आफैंले रकम तिर्नुपर्ने व्यवस्थाका कारण धेरै श्रमिक अहिले फर्कन सकेका छैनन् । सरकारलाई कल्याणकारी कोषको रकम प्रयोग गरेर उ द्धार गर्नका लागि सर्वोच्च अदालतले एक महिनाअघि नै अन्तरिम आदेश जारी गरेको थियो । मन्त्रिपरिषदले निर्देशिका स्वीकृत गरेसँगै टिकट काट्ने पैसा नभएर विदेशमा अ लपत्र नेपालीको निःशुल्क उद्धार गर्ने बाटो खुलेको छ ।

Related Articles

Back to top button
Close