International

कोरोनाबाट जुम्ल्याहा नर्स दिदीबहिनीको निधन

एजेन्सी। विश्वभर फैलिएको कोरोनाभाइरस महामा’रीबाट बेलायतमा जुम्ल्याहा नर्सको ज्या’न गएको छ । ज्या’न जानेमा काटी डाभिस र उनकी जुम्ल्याहा दिदी यम्मा डाभिस रहेका छन् । उनिहरुको कोरोनाका कारण ज्या’न गएको हो । ३७ वर्षीया बहिनि काटी डाभिस र उनकी दिदि डाभिसको ज्या’न गएको विदेशी समाचार माध्यमले जनएको छ।

३७ वर्षीया उनीहरु दुवैजनाको साउथ ह्याम्पटन जनरल अस्पतालमा निधन भएको हो । बालबालिकाको नर्स रहेकी केटी डेभिसको गत मंगलबार निधन भएको थियो भने उनकी जुम्ल्याहा पूर्वनर्स एमा डेभिसको शुक्रबार सबेरै निधन भएको हो । ‘उनीहरु सधैं संसारमा सँगै आएको र जाँदा पनि सँगै जानेछौं भनिरहन्थे,’ मृ’तक केटी र एमाकी बहिनी जोले बताइन्।

उनका अनुसार सँगै बस्दै आएका जुम्ल्याहा दिदीबहिनीमा एकै किसिमको स्वास्थ्य समस्या थियो र केही समययता अस्वस्थसमेत थिए । उनीहरु कति विशेष थिए भनेर वर्णन गर्न आफूसँग शब्द नभएको उनले बताइन्।

‘उनीहरु जहिले अरुलाई सहयोग गर्न तत्पर रहन्थे । सानैदेखि उनीहरु डाक्टर र नर्स बनेर खेल्ने गर्थे,’ जोले भनिन्, ‘उनीहरुले आफ्ना बिरा’मीका लागि सक्दो गरे । अपवाद रहेका केट र एमाको मृ’त्यु भयो भनेर पत्याउनै सकिरहेको छैन।’

Related Articles

Back to top button