Intresting

आफूभन्दा बढी उमेरका पुरुषतर्फ किन आकर्षित हुन्छन युवतीहरु “जानी राखौं”

उस्तै उमेरका युवायुवतीले एक अर्कालाई मनपराउनु वा एक अर्काबीचमा आकर्षण हुनुलाई स्वभाविकै मानिन्छ । तर कहिले काँही उमेरमा ठूलो अन्तर भएका महिला पुरुषबीचमा पनि प्रेम स’म्बध देख्न सकिन्छ । अझै विशेषगरी कार्यक्षेत्र वा कार्यालयमा युवतीहरु आफूभन्दा धेरै उमेरका पुरुषहरु तर्फ आकषिर्त भएको देख्न सकिन्छ ।

त्यसैले आजभोली यसलाई आश्चर्यजनक रुपमा हेरिँदैन । यसलाई सामान्य कुरा मान्न थालिएको छ । हाम्रै वरिपरि यस्ता धेरै उदाहरणहरु देख्न सकिन्छ जसमा जागिरे महिलाहरु आफ्नो कार्यालयका सिनियर वा हाकिमको प्रेम जालमा फसेका छन् । यस्ता स’म्बन्धमा रहेका सबै युवतीहरुले उमेरदार पुरुषसँग टिकाउ र स्थायी स’म्बन्ध बनाउन चाहेका छन् भन्ने छैन् ।

कैयौं युवतीहरुले यसै चक्करमा आफ्नो जीवन बर्बाद पनि गर्छन् । यस्तो स’म्बन्ध काँचको महलको रुपमा छिटै ढल्छ । कुरा जब विवाहको हुन्छ तब यस्तो स’म्बन्धको आधार कमजोर हुन्छ । तर, मानिसको मन पनि अचम्मको हुन्छ । कसैको मनमा कोही बस्यो भने त्यहाँ उमेरको सीमा र जन्मको बन्धनले केही अर्थ राख्दैन ।
धेरै उमेरको अन्तर भएको प्रेम स’म्बन्ध त्यति टिकाउ नहुने भएकाले धेरैले यसलाई एकअर्काको कमजोरीलाई उपयोग गरेर आफ्नो फाइदा लिने हतियारको रुपमा पनि लिन्छन् । कैयौ पटक कम उमेरका युवतीहरु आफूभन्दा धेरै उमेरका व्यक्तिसँग आफूलाई सुरक्षित महसुस गर्छन् । यस्तो अक्सर त्यतिखेर हुन्छ जब कुनै युवती बचपन देखि नै एक्ली हुन्छन्|

कार्यक्षेत्रको परिस्थितीले पनि कैयौं पटक यस्तो स’म्बन्ध बनाउनमा महत्वपूर्ण भूमिका निभाउँछन् । कैयौं कार्यालयमा फिल्डवर्क हुन्छ । कामको क्रममा युवतीहरु कहिलेकाँही सिनियरहरुसँग कार्यालय बाहिर जानुपर्छ । अनुभव नभएका युवतीहरुलाई यसको फाइदा पुग्छ । विस्तारै विस्तारै युवतीहरु पुरुष सहकर्मीहरुका नजिक आउँछन् ।

कैयौं पटक बाध्यताको कारण सँगै काम धेरै उमेरका सहकर्मीको नजिक आउनुपर्ने हुन्छ । यतिखेर मुख्य कारण बाध्यता हुन्छ सम्बन्धित पुरुषको उमेर होइन । आजभोली धेरै कार्यस्थलमा कामको चाप बढेको छ र समय कम हुन्छ । कम समयमा धेरै काम गर्ने लक्ष्य पुरा गर्नको लागि युवतीहरुले आफ्ना सहकर्मी पुरुषहरुको सहयोग लिन हिच्किचाउँदैनन ।

प्र’लोभन वा लालचको कारणले पनि युवतीहरु उमेर भएका पुरुषहरुको चंगुलमा फस्छन् । कैयौं युवतीहरु धेरै सौखिन र फेसनेबल हुन्छन् ।यस्तो स्थितीमा यदि कुनै धेरै उमेरको व्यक्ति जो साधनसम्पन्न छन् र पैसाको कमी छैन भने यस्ता युवतीहरु र उनीहरु तर्फ आकषिर्त हुन्छन् । यस समयमा उनीहरुले पछिसम्मको परिणाम देख्दैनन् । दर्पण दैनिक बाट ।

Related Articles

Back to top button