Entertainment

निश्चललाई राजेश हमालको अभिनय मापन गर्ने अधिकार छैन अ’श्लिलशब्द बिना चलचित्र निर्माण गरेर देखाउ

काठमाडौँ । कलाकार तथा निर्देशक दीपा श्री निरौला यतिबेला राजेश हमालको विषयमा आफ्नो धारणा प्रस्तुत गरेका कारण विवादमा तानिएकी छिन् । दिपाले ‘राजेश हमाल महानायक हो र ?’ भन्दै ‘हमालको महानायक पदावधी’ माथि प्रश्न गरेपछि दिपाश्रीलाई सामाजिक सञ्जालमा गालीगलौज गरियो । आफ्नो चौतर्फी आलोचना भएपछि दीपाश्रीले आफूले त्यसो भन्न नखोजेको भन्दै माफी मागिसकेकी छिन् ।

साथै राजेश हमालबारे सञ्चारमाध्यममा पनि विभिन्न टिकाटिप्पणी आइरहे । राजेश हमालले बोलेपछि मात्र विवाद अन्त्य हुने दर्शकहरुको माग थियो । दर्शकहरु दीपाश्रीमाथि खनिएपछि मध्यरातमा फेसबुक लाइभ आएर हमालले सम्बन्धित व्यक्तिलाई माफी दिन दर्शकहरुलाई आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबुकको लाइभमा हमालले आफुलाई लक्षित गरेर दिपाश्री निरौलाले व्यक्त गरेका कुरालाई लिएर तीन हप्तादेखिको बहस अन्त्य गरेको बताएका छन् । दिपाले भनेका कुरालाई आफुले नजरअन्दाज गरेको उल्लेख गर्दै उनले दर्शकलाई पनि संयम बन्न आग्रहसमेत गरेका छन् ।

यसै क्रममा निर्देशक श्याम भट्टराईले अभिनेता तथा निर्देशक निश्चल बस्नेतलाई राजेश हमालको अभिनय मापन गर्ने अधिकार नभएको बताएका छन् । सामाजिक सञ्जालमा एक आक्रोसपूर्ण पोष्ट गर्दै निर्देशक भट्टराइले अ’श्लिल शब्द बिना चलचित्र निर्माण गरेर देखाउन बस्नेतलाई चुनौती समेत दिएका छन् । को हो त्यो निश्चल बस्नेत ? प्रश्नसहित लेख्न सुरु गरेका भट्टराइले राजेश हमालको हैसियतको बारेमा बोल्ने निश्चलको कुन फिल्म हिट भयो भन्ने प्रश्न समेत खडा गरेका छन् । ‘अ’श्लिल शब्दलाई निकालेर फिल्म बनाएर, चलाएर देखाउ अनि बोल’

उनले अगाडि भनेका छन्– ‘तिमी र तिम्रो बुढीको पासपोटको कपी पनि मसँग छ । धेरै नबोल ।’ भट्टराइले कहाँबाट पाध्ने र कहाँबाट छाध्ने आफुलाई नसिकाउन समेत भनेका छन् । निर्देशक श्याम भट्टराई पछिल्लो समय अमेरिकामा छन् । आधा दर्जन फिल्म निर्देशन गरेका भट्टराईले राजेश हमालको बिषयमा निश्चलले बिभिन्न सञ्चारमाध्यममा दिएको अन्तर्वार्ता चित्त नबुझेर आफुले सामाजिक सञ्जालमा उक्त पोष्ट लेखेको बताए । ‘मेरो निश्चलसँग व्यक्तिगत रुपमा केही दुश्मनी छैन । तर उनले विभिन्न सञ्चारमाध्यममा राजेशका कुन फिल्म हिट छ भनेको चित्त बुझेन’ भट्टराइले भने । भिडियो हेर्नुहोस

Related Articles

Back to top button
Close