Intresting

प्रधानमन्त्री ओलीले भगवान रामको जन्मस्थान भनेको ठोरीमा नेपाल तर्फ पर्ने सिमा स्तम्भ हरायो

काठमाडौं । भगवान रामको जन्मभुमिका रुपमा चर्चित पर्साको ठोरी स्थित सीता गुफा नजिकै सिमा स्तम्भ फालिएको छ । त्यहाँको नेपाल–भारत सीमा क्षेत्रमा रहेको सिमा स्तम्भ उखेलेर फ्याकिएको अवस्थामा फेला परेको जानकारी दिइएको छ ।नेपाल तर्फ पर्ने सिता गुफा भन्दा करिब ८ मिटर दक्षिण तर्फ डाँडामा रहेको ४३६ नम्बरको सिमा स्तम्भ उखेलिएको अवस्थामा फेला परेको जनाइएको छ ।

ठोरी स्थित ससस्त्र प्रहरीको बीओपीका प्रहरी नीरिक्षक दिपक दाहालले सिमा स्तम्भ उखेलिएर फ्याकिएको अवस्थामा भेटिएको पुष्टि गर्नुभयो । ठोरी गाउपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले विहान पुजाआजा हुँदासम्म सिमा स्तम्भ देखिएको तर दिउसो एकाएक आफूले समेत सिमा स्तम्भ नदेखेको जानकारी दिनुभयो ।

सो स्थानमा अहिले ससस्त्र प्रहरी सहित भारतीय एसएसबीको इन्सपेक्टरको कमाण्डमा एसएसबीको टोली खटिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्म ठोरीमा भएको भन्दै केही दिन अघि भनाइ सार्वजनिक गरेपछि सो क्षेत्रमा भिडभाड बढ्दै गएको छ ।

सो सिता गुफामा आज ठोरी गाउँपालिकाले भव्य पूजाअर्चना गरेको थियो । सो स्थानमा रहेको सिमा स्तम्भ कसले उखेलेर फाल्यो भन्ने विषयमा थप अनुसधान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।

Related Articles

Back to top button