Health

औषधिय गुणले भरिपुर्ण कपुरले निको पर्छ यस्ता रोगहरु

काठमाडौँ – पुजापाठका लागि धेरैजसो प्रयोग हुने कपुर स्वास्थ्यको लागि पनि फाइदाजनक छ । कपुरको सही प्रयोग गर्न जानेमा यसबाट धेरै फाइदा लिन सकिन्छ । यसको प्रयोगले बिभिन्न बिरामीको उपचार गर्न सकिन्छ । यसको प्रयोगले अनुहारको सौन्दर्यदेखी बिभिन्न रोगको सजिलै उपचार गर्न सकिन्छ ।

यदि तपाईलाई साधारण खोकी लागेमा कपुर बालेर धूवाँ सुँघ्नाले ठीक हुन्छ । यदि पुरानो पुरानो खोकी छ भने सूठो, पिप्ला र मरिच १-१ भाग तथा ३ भाग कपुर पानी हालेर केराउको गेडा जत्रो गोली बनाउने १-१ गोली दिनमा खिनमा ३-४ पटक चुसेमा ठिक हुदै जान्छ ।

यदि तपाईलाई निद्रा नलाग्ने समस्या छ भने फुराएको हिङ १ भागमा कपुर १ भाग मिसाएर केराउ जत्रो गोली बनाएर २-२ गोली तातोपानीसंग खाएमा निद्रा आउछ । दम रोग छ भने १ भाग फुराएको हिङमा १ भाग कपुर मिसिएर केराउको दाना जत्रो गोली बनाउने र २-२ गोली तातो पानीसँग बिहान-बेलुका खाएका ठिक हुन्छ ।

२ चक्की कपुर र आधा चम्चा सूठो १ ग्लास पानीमा पकाएर खाएमा आउँ र बाथको लागी राम्रो हुन्छ । ढाड दुखेमा पनि २ पुरिया कपुरमा एउटा कागतीको रस मिसाएर मनतातो बनाएर दुखेको ठाउँमा लगाएका ठिक हुन्छ ।

Related Articles

Back to top button
Close