International

हेर्दा रणविर कपुर जस्तै देखिने कश्मिरी मोडलको मृत्यु

काठमाडौं । बलिउड अभिनेता रणवीर कपुर जस्तै देखिने एक कश्मिरी मोडलको मृत्यु भएको छ।

२८ बर्षीय कश्मिरी मोडल जुनैद शाहको शुक्रवार हृदयघातका कारण निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

करिब ५ बर्ष अघी रणवीरका पिता तथा बलिउड अभिनेता ऋषि कपुरणले सामाजिक सञ्जालमा आफ्नो छोरा जस्तै अर्को देखिने अर्को मानिस देखेको भन्दै ट्विट गरेका थिए।

ट्विटमा ऋषि कपुरले लेखेका थिए ‘ओ माइ गड, मेरो छोराजस्तै देखिने कोही रहेछ। साँच्चै रणवीर जस्तो छ।’

उक्त ट्विट पछि शाह झनै भाइरल बनेका थिए। उनको मुहार बारे झन् चर्चा चलेको थियो।

मुम्बईमा बसेर काम गर्दै आएका उनी पछिल्लो समय बुबा बिरामी भएपछि कश्मीर फर्केका थिए। उनको निधन भएको कश्मीरी पत्रकार युसुफजमिलले जनाएका छन्।

Related Articles

Back to top button
Close