News

सकियो मन्त्रिपरिषद बैठक, लकडाउनबारे भयो यस्तो निर्णय

काठमाडौं । कोरोना महामारीका कारण लामो समयदेखि जारी लकडाउन अब थप खुकुलो हुने भएको छ । सरकारले भदौ १ गतेदेखि आन्तरिक उडान खुलाउने बताएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले भदौ १ गतेदेखि आन्तरिक उडान खोल्नेगरी गृहकार्य गर्न पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो ।

कोरोनाभाइरसविरुद्ध सुरक्षाका उपाय अपनाई भदौदेखि आन्तरिक उडान सञ्चालन गर्ने निर्णय भएको जनाइएको छ । जानकारी अनुसार आन्तरिक उडानका लागि सम्पूर्ण सुरक्षाको प्रवन्ध मिलाउन पर्यटन मन्त्रालयलाई निर्देशन दिर्इएको छ ।

त्यस्तै अहिलेको लकडाउनलाई अझै खुकुलो बनाउने पनि सरकारले जानकारी दिएको छ । यथास्थितिको लकडाउन साउन ७ गते सकिँदैछ । त्यसपछिको चरणमा लकडाउनलाई अझै खुकुलो बनाइने बैठकको निस्कर्ष रहेको छ ।

एक मन्त्रीका अनुसार साउन ७ पछिको लकडाउन कस्तो हुने भनेर सरकारका प्रवक्ताले नै नियमित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्नेछन् ।

साउन ८ देखि सिनेमा घर, लामो दुरीका सवारीसाधन, कलेज, विद्यालय लगायत सीमित केही क्षेत्रलाई बन्द गरी अन्य उद्योग, व्यापार, व्यवसाय सञ्चालनमा थप सहजता मिलाउने सरकारले तयारी थालेको छ ।

पछिल्लो समय चीनमा हालै सिनेमा घरहरु सञ्चालनमा आएको समाचार सार्वजनिक भएको थियो । त्यस अर्थमा हेर्दा नेपालमा पनि लामो समय लाग्न सक्ने धेरैको बुझाई रहेको छ ।

Related Articles

Back to top button