News

भदौ १ गतेबाट आन्तरिक तथा बाह्य हवाई उडान हुने

कोरोना महामारीका कारण गत चैत ५ गतेदेखि बन्द रहेको आन्तरिक तथा बाह्य हवाई उडान आगामी भदौं १ गतेबाट खुल्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका अनुसार सोमबार बसेको मन्त्रिपरिषदको बैठकले भदौं १ गतेबाट हवाई उडान सूचारु गर्ने निर्णय गरेको हो ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस -कोभिड–१९_ महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत वर्षको चैत पाँच गतेबाट अन्तर्राष्ट्रिय हवाई उडान र चैत १० गतेबाट आन्तरिक हवाई उडान बन्द गरेको थियो । बैठकले आन्तरिक उडानका लागि सम्पूर्ण सुरक्षाको प्रवन्ध मिलाउन पनि सरोकारवाला निकायलाई निर्देशन दिने भएको छ ।

लकडाउन अझै खुकुलो बनाइने

मन्त्रिपरिषद् बैठकले लकडाउनलाई अझै खुकुलो बनाइने निर्णय पनि गरेको छ । यथास्थितिको लकडाउन यही साउन ७ गते सकिँदैछ। त्यसपछिको चरणमा लकडाउनलाई अझै खुकुलो बनाइने लाने निर्णय पनि मन्त्रिपरिषद्को छ ।

Related Articles

Back to top button
Close