News

आमाको नि धन भएको केहि दिनमै बलिउड अभिनेता इरफान खानको पनि नि धन

बलिउड अभिनेता इरफान खानको नि धन भएको छ।मुम्बईस्थित कोकिलाबेन धिरुभाइ अम्बानी अस्पतालको आईसीयूमा उपचार क्रममा उनको ५४ वर्षको उमेरमा निधन भएको भारतीय संचारमाध्यमले जनाएका छन्। उनको निधनको समाचार निर्देशक सुजित सरकारले ट्वीटबाट दिएका हुन्।

जयपुर राजस्थानमा सन् १९६६ मा जन्मिएका खान थिएटरबाट सिनेमाबाट आएका थिए। उनको अन्तिम सिनेमा सात महिनाअघि रिलिज भएको अंग्रेजी मिडियम हो। गत शनिबार उनकी आमाको निधन भएको थियो। पेटमा संक्रमण भएकाले खानलाई आइसीयूमा भर्ना गरिएको उनका प्रवक्ताले मंगलबार जनाएका थिए।

गत शनिबार मात्रै उनकी आमा सइदा बेगमको निधन भएको थियो। उनकी आमा ९५ वर्षकी थिइन्।सन् २०१८ मा इरफानलाई न्युरोइन्डोक्राइन ट्युमर भएको थियो। पछिल्लो समय इरफानले अंग्रेजी मिडियम नामक फिल्ममा अभिनय गरेका छन्।

इरफान खानले लाइफ अफ पाई, जुरासिक वल्र्ड, पिकु, बिल्लु, हिन्दी मेडियम, अंग्रेजी मेडियम, गुन्डेजस्ता चर्चित हलिउड तथा बलिउड चलचित्रमा अभियन गरेका छन्।गएको वर्ष सन् २०१९ मा इरफान खान लण्डनमा उपचार गराएर फर्किएपछि कोकिलाबेन अस्पतालका डाक्टरको रेखदेखमा रहेका थिए ।

फिल्म ‘अङ्ग्रेजी मिडियम’ का क्रममा उनको स्वास्थ्य स्थिति बिग्रिएको बताइन्छ । यस कारण कैयौँ पटक शुटिङ नै रोकिएको थियो । जब इरफान खान राम्रो भएको महसुस गर्थे तब शुटिङ हुन्थ्यो । भर्खरै मात्र इरफान खानकी आमा सईदा बेगमको जयपुरमा निधन भएको थियो ।लकडाउनका कारण इरफान खान आफ्नी आमाको अन्तिम संस्कारमा सहभागी हुन पाएनन् ।

उनले भिडियो कलमार्फत उपस्थिति जनाएको बताइएको छ । ५४ वर्षीय इरफान न्युरोएन्डोक्राइन ट्युमरबाट पीडित छन् । उनी विदेशमा यो बिमारीको उपचार गराइरहेका थिए र भर्खरै मुम्बई फर्किएका थिए ।दुई वर्षअघि सन् २०१८ मा इरफानले आफूमा बिमारी रहेको थाहा पाएका थिए । उनी आफैले यो खबर शेयर गरेका थिए ।

उनले ट्विट गरेका थिए, ‘जिन्दगी अचानक केही यस्तो हुन्छ, जसले तपाईँलाई अघि लिएर जान्छ । मेरो जिन्दगीमा पछिल्लो कही दिन यस्तै भइरहेको छ । मलाई न्युरोएन्डोक्राइन ट्युमर नामक बिमारी भएको छ । मेरा नजिकका आफन्तको माया र साहसले मलाई आश जगाएको छ ।’ बिमारीको बारेमा थाहा पाएपछि इरफान उपचारको लागि लण्डन गएका थिए । त्यहाँ झण्डै एक वर्ष रहे र २०१९ मार्चमा भारत फर्किएका थिए ।

Related Articles

Back to top button
Close