News

लकडाउन अन्त्य गरिएकै राति थप एक कोरोना संक्रमितको मृ*त्यु

धरान,७ साउन । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक जना वृद्धको काेराेना भाइरसकाे संक्रमणबाट मृत्यु भएको छ ।गत साउन १ गते प्रतिष्ठानको कोभिड अस्पतालको आइसुलेशन वार्डमा भर्ना भएका महोत्तरीका ६० वर्षीय शशि भुषण झाको मंगलबार राति मृत्यु भएको प्रतिष्ठानको मेडिशन विभाग प्रमुख प्रा.डा सन्जीवकुमार शर्माले जानकारी दिए ।

प्रतिष्ठानमा भर्ना भएका मृतकको पिसिआर रिपोर्टमा कोरोना पोजेटिभ देखिएको डा. शर्माले बताए। मृतकको शव हाल प्रतिष्ठानमै राखिएको छ ।मृतकको शव दाहसंस्कारका लागि महोत्तरी पठाउन व्यवस्थापन भइरहेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिएका छन् ।

यसअघि प्रतिष्ठानमा सप्तरीका ७३ वर्षीय रामकृष्ण दासको निधन भएको थियो । प्रतिष्ठानमा हाल ११ जना कोरोना संक्रमितको उपचार भइरहेको प्रतिष्ठानका प्रवक्ता डा. निधेश सापकोटाले बताए ।

उनले प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका २ सय ६७ जनालो कोरोना जितेर डिस्चार्ज भइसकेको बताए । योसँगै कोरोनाले मृत्यु हुनेको संख्या ४१ पुगेको छ ।

Related Articles

Back to top button
Close