News

आज ह्वात्तै बढेर सुनचाँदीको भाउले बनायो नयाँ रेकर्ड

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको भाउ बढेर नयाँ रेकर्ड बनाएको छ ।

आज तोलामा १ हजार ३ सय रुपैयाँले बढेर कारोबार भैरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भैरहेको छ, जुन हालसम्मकै उच्च हो । त्यस्तै तेजावी सुन प्रतितोला ९३ हजार ५६० रहेको छ ।

आज चाँदीको भाउ पनि बढेको छ । बुधबार चाँदीको भाउ प्रति तोलामा ९५ रुपैयाँले बढेर ११३५ रुपैयाँमा कारोबार भैरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार चाँदी प्रति तोला १०४० रुपैयाँमा कारोबार भएको थियो ।

Related Articles

Back to top button
Close