News

महानायक राजेश हमालका भाइ राकेश हमालको निधन, शोकमा हमाल परिवार

कलेजोमा समस्या देखिएपछि राकशेलाई केही दिन अघि प्लेन चार्टर्ड गरेर दिल्ली लगिएको थियो । राकेशका श्रीमती र दुई छोराछोरी छन् । चलचित्र क्षेत्र भन्दा बाहिर रहेका राकेश राजेश भन्दा करिब डेढ वर्षको अन्तर छ । राजेशका दम्पत्ति र भाइको परिवार काठमाडौंमा एउटै घरमा बस्दै आएको बताइएको छ ।

मेमोरी किङ्ग विजय शाहीले ‘इन्द्रेणी’ मा देखाए यस्तो चमत्कार (भिडियो हेर्नुस् )

काठमाडौं, ६ साउन । विश्व किर्तीमानी मेमोरी किङ विजय शाहीले आफ्नो एकमात्रै उद्देश्य भनेको नेपालीहरुलाई शिक्षित बनाउनु भएकोले त्यसैका लागि आफू लागिपर्ने स्पष्ट पारेका छन् ।मंगलबार रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा शाहीले आफू ‘च्याम्पियन्स अफ द वल्र्ड रेकर्ड होल्डर ईन मेमोरी किङ’ भएको बताउँदै आफूले ३० सेकेण्डमा १०२ शब्द स्मरण गरेर विश्व किर्तीमानी कायम गरेको जानकारी दिए ।

कालिकोट स्थायी घर भएका उनले आफू कक्षा १ देखि दशसम्म श्री कालिका माध्यमिक विद्यालयमा अध्ययन गरेको जनाए । एसईईसम्म आफू नर्मल विद्यार्थी रहेको र कक्षा ११ आफूले रटेरै टप गरेको पनि उनले जनाए ।उनले नेपालको शिक्षा योग्यमात्रै रहेको भएपनि दक्ष भइनसकेको जिकिर गरे । उनले भने,‘कक्षा १२ मा पढ्दै गर्दा मैले पढ्ने फर्मुला पत्ता लगाएँ । यो फुर्मलाले नै म सम्पूर्ण नेपालीहरुलाई योग्यसँगै दक्ष बनाउने लक्ष्य लिएको छु ।’

अहिलेसम्म नेपालको शिक्षाले देश चलाउनेमात्रै काम गरेको तर देश बनाउने काम नगरेको उनको टिप्पणी छ । विद्यार्थीको उमेर, रुचि र चाहनाअनुरुप पढाई भयो भने नेपालको शिक्षा विश्वमै नम्बर एक हुने उनको दाबी छ । उनले आफू ठूलो ठूलो कुरा नगर्ने तर ठूलो ठूलो काम गर्ने दाबी गरे ।त्यस्तै विजय शाहीले लोकप्रिय कार्यक्रम इन्द्रेणीमा महाभारतको किताब १८ मिनेटमा पढेर लेखेर देखाएका थिए । भिडियो हेर्नुहोस् ।

Related Articles

Back to top button
Close