News

‘मेरो श*व आमालाई दिनु’ भन्ने नोट लेखेर यस्तो अवस्थामा मृ’त फेला

विराटनगर । जंगलको रुखमा झुण्डिएको अवस्थामा मृ’त फेला परेकी युवतीको अझै सम्म पनि पहिचान हुन सकेको छैन । उनका आफन्त पनि कोही सम्पर्कमा आएका छैनन् । मोरङको बेलबारी नगरपालिका १० स्थित सिर्जना सामुदाकिय बनको रुखमा उनी झुण्डिएको अवस्थामा फेला परेकी हुन् । उनको पहिचान खुल्ने कुनै कुरा छैन । शव नजिकै प्रहरीले ‘मेरो शव आमालाई जिम्मा दिनु’ भन्ने नोट लेखेको फेला पारेको छ ।

सोही नोटका आधारमा खोजी गर्दा पनि उनी को हुन् र उनका आफन्त कहाँ छन् भन्ने अझै खुल्न सकेको छैन । दुई दिन अघि फेला परेको युवतीको शवको पहिचानमा प्रहरी लागेको छ । सृजना सामुदायिक वनमा अन्दाजी २२ वर्षीया युवतीको शव मंगलबार साँझ प्रहरीले फेला पारेको थियो । उनी रुखमा डोरीको पा’सो लगाएर झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।

प्रहरीले घटनास्थलबाट एउटा ‘नोट’ पनि बरामद गरेको छ। सोही नोटका आधारमा उनले देह त्याग गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । नोट’मा लेखिएको छ, ‘भाईबहिनी र आमालाई म धेरै माया गर्छु। मेरो शव लगेर आमालाई जिम्मा दिनू।’ ‘नोट’मा आफ्नो घर विराटनगरको राजवंशी चोकस्थित भीम पार्कमा भएको उल्लेख गरिएको छ।

प्रहरीले नोटमा भएको ठेगानाका आधारमा खोजी गर्दा पनि अझै उनका आफन्त फेला पार्न सकेको छैन । उनका आफन्त फेला नपर्नु र युवतीको पहिचान समेत नखुलेका कारण घटनाको अनुसन्धानमा समस्या भएको प्रहरीले जनाएको छ । प्रहरीले शव पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारे अस्पतालमा राखेको छ।

Related Articles

Back to top button
Close