श्रीमतीको ज्या न लिएर जेलमुक्त हुँदै पूर्वडिआइजी कारागारबाट बाहिर निस्किदै गर्दा गेटमा देखिएको यो दृश्य, प्रेमिका पनि लिन आइन (भिडियोसहित)
काठमाण्डौं – श्रीमती ह’त्यामा दोषी ठहर भएका सशस्त्र प्रहरीका पूर्व नायब महानिरीक्षक (डिआइजी) रञ्जनप्रसाद कोइराला जेलमुक्त भएका छन् । सर्वाेच्च अदालतको असार १५ गतेको आदेशानुसार आठ वर्ष छ महिना कैद सजाय भुक्तान गरी कोइराला आज जेलमुक्त भएका डिल्लीबजार कारागार कार्यालयका जेलर गणेश आचार्यले जानकारी दिए ।
यसअघि उक्त मुद्दामा कोइरालालाई काठमाडौँ जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । त्यसपछि पुनरावेदनको सुनुवाइ गर्दै उच्च अदालत पाटनलेसमेत जिल्ला अदालतको फैसला सदर गरेको थियो ।
त्यसविरुद्ध प्रतिवादीकातर्फबाट सर्वाेच्चमा पुनरावेदन परेको थियो । उक्त मुद्दामा सुनुवाइ गर्दै सर्वाेच्च अदालतले सजाय घटाउँदै आठवर्ष छ महिना कैद कायम गरेको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहितका न्यायाधीशले मुद्दाको सुनुवाइ गर्नुभएको थियो । कोइरालाले विसं २०६८ मा पत्नी गीताको ह’त्या गरी शव नष्ट गर्ने उद्देश्यले मकवानपुरको पालु्ङमा लगेर ज’लाएको प्रहरीले जनाएको छ ।
उनलाई श’व ज’लाएर फर्किंदै गर्दा नाग ढुुंगामा प्रहरीले पक्राउ गरेको थियो। सर्वोच्च अदालतले मृुतक श्रीमतीकै दोष देखाउँदै उनको सजाय आधा बनाएको थियो । कोइरालालाई सर्वस्वसहित जन्मकैदको फैसला ‘चर्को पर्न जाने’ भन्दै असार १५ गते प्रधानन्यायाधीश राणा र न्यायाधीश तेजबहादुर केसीको इजलासले उनको कैद सजाय घटाइदिएको थियो।
गीताले नै रिस उठाएका कारण रञ्जनले मारेको भन्दै सर्वोच्चले उनलाई जिल्ला र पुनरावेदन अदालतले गरेको सर्वस्व सहितको जन्मकैद सजाय घटाइदिएको हो। जिल्ला र पुनरावेदन अदालतले कोइरालालाई दोषी ठहर गरेको फैसला मिले पनि सर्वस्वसहित जन्मकैदको सजाय नमिलेको सर्वोच्चको तर्क छ।
कोइरालालाई जन्मकैदको सजाय घटाएर प्रधानन्यायाधीश राणा र न्यायाधीश केसीले ८ वर्ष ६ महिनामा झारेका हुन्। कोइराला लामो समयपछि घर जाँदा उनकी श्रीमती गीताले व्यापार गर्ने पैसा मागेका कारण विवाद उठेको र रिसको आवेगमा आई धकेल्दा मृत्यु भएको भन्दै सर्वोच्चले कोइरालाको जन्मकैद घटाएर साढे ८ वर्षमा झारिदिएको हो। कोइरालाको विषयमा आएको फैसलालाई लिएर पनि सामाजिक सञ्जालमा टिप्पणी भइरहेको छ ।
उनी जे’लवाट छुट्दै गरेको तस्बिर सामाजिक सञ्जालमा राख्दै सामाजिक सञ्जाल अभियन्ताले अनेक टिप्पणी गरेका छन् । उनले सेलीव्रेटीले जस्तो हात हल्लाउँदै गाडीमा बस्न लागेको तस्बिर सार्वजनिक गर्दै पत्रकार मात्रिका पौडेलले लेखेका छन् ‘श्रीमतीको ह त्या रा जे लबाट छुट्दा गणतन्त्रको यो द्धा छुटे जसरी हात हल्लाउँदै बाहिरिन्छ, अनि दुई छोरा होइन ह त्या का ण्ड म’च्चाउन प्रेरित गर्ने महिला उसको स्वागतमा का’रा’गारको गेटमा कार लिएर पुग्छिन् । समाजमा नयाँ मानक बनेको हो ?
उनले मात्र होइन सामाजिक सञ्जाल प्रयोगकर्ता अन्यले पनि यो दृष्यलाई अचम्म मानक स्थापना भएको भन्दै टिप्पणी गरेका छन् । ट्वीटरमा नवराज मैनालीले पनि तस्बिर सार्वजनि गर्दै लेखेका छन्, रन्जन कोइरालाको प्रतीक्षामा डिल्लीबजार जेलको गेटमा प्रेमिका तारा (कारमा)
पूर्णपाठ लेख्न महिनौं लगाउने सर्वोच्च अदालतले यो फैसलाको पूर्णपाठ भने १५ दिन नबित्दै तयार पारिसकेको छ। दुई छोरा जन्मिसकेपछि कोइराला र ढकालको वैवाहिक सम्बन्ध बिग्रिन थालेको सर्वोच्चको फैसलामा उल्लेख छ। उनीहरूको बिहे २०५० सालमा भएको थियो।
घटनापछि मृतक ढकालका बुवाले दिएको जाहेरीमा कोइरालाले पटकपटक गीतालाई मा’र्ने ध’म्की दिएको, सम्बन्ध विच्छेद र अंश चलनको मुद्दा हालेको पनि जाहेरीमा उल्लेख छ। ढकालले पनि मानाचामलको मुद्दा हालेकी थिइन्। तारा रेग्मी नाम गरेकी महिलासँग कोइरालाले सम्बन्ध राख्न थालेपछि उनीहरू छुट्टाछुट्टै बस्न थालेका थिए। रेग्मीलाई पनि प्रहरीले पक्राउ गरेको थियो। रेग्मीले पनि रञ्जनको षड्यन्त्रमा साथ दिएको भन्दै उनलाई १ वर्ष सजाय भएको थियो।
घटना हुनुअघि कोइराला लामो समय चीनमा भएको एक तालिमबाट फर्केका थिए। २०६८ पुस २१ गते फर्केका उनी पुस २७ गते गीता बस्ने बुढानिलकण्ठस्थित घरमा गएर कान्छो छोरालाई लिएर निस्केका थिए। यसको जानकारी आफूहरूलाई छोरीले फोनमा दिएको उनका बुवाको जाहेरीमा उल्लेख छ।
त्यसको भोलिपल्ट माइतीले फोन गर्दा गीताको मोबाइल अफ थियो। त्यसको पनि भोलिपल्ट उनीहरू छोरीको घर गए। त्यहाँ उनी थिइनन्। त्यसपछि उनले आफ्नी छोरीलाई बे’होस बनाएर कोइरालाले ब’न्धक बनाएको भन्दै माघ ६ गते प्रहरीमा जाहेरी दिए। त्यसको दुई दिनपछि उनीहरूले छोरी गीता ढकालको शव महाराजगन्जस्थित अस्पतालमा छ भन्ने थाहा पाए। अनि रञ्जनविरुद्ध कर्तव्य ज्यानको जाहेरी दिए। त्यही दिन कोइरालालाई प्रहरीले पक्राउ गर्यो।
पुस २८ गते नै मकवानपुरको टिष्टुङ जंगलमा आधा ज’लेको ढकालको अस्थिपञ्जर भेटिएको थियो। रञ्जनले ढकाललाई मा’री प्लाष्टिकमा पोको पारेर जंगलमा लगेर जलाएको प्रहरी अनुसन्धानबाट देखिएको थियो। घटनामा भेटिएका प्रमाण र तथ्यहरू विश्लेषण गरी सरकारी वकिलले सर्वस्वसहित जन्मकैद माग गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको थियो। काठमाडौं जिल्ला र पुनरावेदनले कोइरालालाई सर्वस्वसहित जन्मकैदको फैसला गरेका थिए। भिडियो तल हेर्नुहोस