News

अस्पतालले नै कोरोना संक्रमित लुकाए पछी …

विराटनगर । विराटनगरमा एक जना कोरोना संक्रमित सम्पर्क विहिन भएको भन्दै प्रहरी खोजिमा लाग्यो । संक्रमितको पुरा ठेगाना थाहा नभएका कारण प्रहरीलाई उनको पहिचान गर्न निकै समस्या भयो । विराट नर्सिङ होममामा स्वाव परिक्षण गरिएका ५० वर्षका पुरुषमा कोरोना पुष्टि भएको थियो । तर प्रहरी भने ति ब्यक्ति को हुन् भन्दै खोज्न थाल्यो ।तर अनुसन्धान गर्दै जाँदा ति संक्रमितलाई अस्पतालले नै लुकाएको खुलेको छ । कोरोना पुष्टि भएको ब्यक्ति अस्पतालकै अधिकारी भएको कारण उनको परिचय लुकाएर गलत पहिचान पठाइएको प्रहरीले पत्ता लगाएको छ ।

कोरोना परिक्षणका क्रममा स्वाव पठाउँदा प्रयोगशालामा टिपाइएका नाम, ठेगाना र टेलिफोन नम्बर गतल पठाइएको थियो । त्यसैका आधारमा संक्रमितको खोजि गर्दा उनी फेला परेका थिएनन् ।संक्रमित अस्पतालकै अधिकारी भएका कारण त्यसवारे सूचना लुकाउन गलत पहिचान पठाइएको थियो । नाम, ठेगाना र फोन नम्बर समेत गलत पठाएका कारण प्रहरीलाई खोज्न निकै समस्या भएको हो ।

बिहीबार प्रहरीले अस्पतालका कर्मचारीलाई केरकार गर्दा अस्पतालले झुटो विवरण पठाएको खुलेको हो । अहिले भने प्रहरीले कोरोना पुष्टि भएका ब्यक्तिका बारेमा पत्ता लगाएको छ । संक्रमितलाई अस्पताल भर्ना गर्ने तयारी भइरहेको विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिएका छन् ।

सुरक्षाकर्मीमा कोरोना
यो अर्को समाचार, प्रदेश नं. १ प्रहरी कार्यालयका थप चार जना प्रहरी अधिकारीमा कोरोना भाइरस पाइएको छ । बिहीबार थप चार जनामा कोरोना पुष्टि भएको प्रदेश प्रहरी कार्यालय, विराटनगरका एसपी दीपक पोखरेलले बताए ।

बुधबार एक जना प्रहरी अधिकृतमा कोरोना पुष्टि भएको थियो । प्रदेश प्रहरी कार्यालयका ११ जना अधिकारीमा गरिएको परीक्षणमा पाँच जनामा कोरोना पुष्टि भएको हो ।पोखरेलले भने, ‘हामीसँगै क्वारेन्टिनमा छौं, बिहीबार १५० जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाउँदैछौं ।’ कार्यालयको नियमित काम भने नरोकिएको उनले बताए । सीमित जनशक्ति राखेर अनलाइनबाट पनि सेवा दिइरहेको पोखरेलको भनाइ छ ।

Related Articles

Back to top button
Close