News

यति धेरै घुस रकमसहित कम्प्युटर अपरेटर समातिए

काठमाडौं । घुस रकमसहित एक कम्प्युटर अपरेटरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ । नेपालगञ्जको भेरी अस्पतालका कम्प्युटर अपरेटरलाई घूस सहित पक्राउ गरिएको हो ।

आयोगको नेपालगञ्ज कार्यालयबाट खटिएको टोलीले भेरी अस्पतालका कम्प्युटर अपरेटर अरुण राज खनाललाई १६ लाख १३ हजार ९ सय ७५ रुपैयाँ घूस सहित पक्राउ गरेको हो ।

खनालको कार्य कक्षबाट भारु २५ हजार रुपैयाँ पनि बरामद भएको आयोगले जनाएको छ । खनालले अस्पतालको लागि औषधि खरिद गर्दा व्यापारीबाट कमिसनबाट सो रकम लिएको पाइएको आयोगको नेपालगञ्ज कार्यालयका प्रमुख गणेश गैरेले जानकारी दिनुभयो ।

Related Articles

Back to top button
Close