News

काठमाण्डौमा युवतीमाथि ए’सिड ‘प्रहार गर्ने दुई युवा पक्राउ

काठमाडौं । वाफलमा एक युवती माथि ए’सिड प्र’हार गरेकालाइ प्रहरी दुई जनालाई घटना भएको केही घण्टामा नै पक्राउ गरेको छ । सो घटना हुने वित्तिकै महानगरीय प्रहरी परिसर काठमाडौ र महानगरी अ’पराध अनुसन्धान महाशाखाको संयुक्त टोली परिचालन भएको सो क्रममा दुई अभियुक्तलाई डल्लुबाट पक्राउ गरिएको महानगरी प्रहरी परीसरका प्रमुख श्यामलाल ज्ञावलीले बताए ।

पक्राउ पर्नेमा रौतहट लक्ष्मीपुर घर भइ हाल डल्लु बस्ने मोहम्मद आलम र भारत घर भई डल्लुमै बस्ने मुन्न मोहमद रहेको खुलेको छ । निज युवती पसलबाट दही किनेर फर्कदै गर्दा मोटरसाइकलमा आएका युवकले मोटरसाकलमा घर पु¥याइ दिन्छुु भनेको र उनले नजिकै हो पर्दैन भने पछि केही पर पुगेर फेरि फर्किएर आएर यस्तो गरेको पाइएको अनुसन्धानमा संलग्न एक प्रहरीले बताए ।

घटना हेर्दा केटाले एकतर्फी रुपमा मन पराएको जस्तो देखिएको र केटीसँग पनि फोनमा सम्पर्क हुने गरको देखिएको छ । युवतीले अर्को केटा मन पराएको भन्दै उनीहरुले यस्तो गरेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ । गए राती घटना भए लगतै प्रहरीका विभिन्न तहबाट दुईसय जना जति प्रहरी परिचालन भएको र सीसी क्यामेरामा कैद भएको दृष्यहरुका आधारमा पनि पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ, ।

पक्राउ परेपछि मुन्नाले प्रहरीसँग प्रारम्भिक बयान दिएका छन् । जसमा उनले साहुको निर्देशन बमोजिम हा’नेको भनेका छन् । उनीले अगाडि भनेका छन् – मलाई धेरै कुरा थाहा थिएन । दारुको बोतलमा दियो । देखेपछि मलाई यस्तो रहेछ भन्ने थाहा भयो । साहुजीलाई दिएँ, त्यसपछि गाउँ जान भन्यो ।

साहुजीले यसरी फ्याकेर आइज भनेको थियो । मलाई लाग्यो, यो र’क्सी हो । म पढे लेखेको थिइन, त्यसैले थाहा हुने कुरै भएन । जब हातमा परेर पो’ल्यो, त्यसपछि यो के चिज हो भन्ने भयो । उत्रेर आएपछि साहुजीले भनेपछि नजिकबाट फ्याकेको थिएँ । त्यसपछि साहुले मलाई मोटरसाइकलमा चढाएर कारखानासम्म लगे । मलाई त्यसवापत एक रुपैयाँ पनि दिएका छैनन् । ए’सिडले मुन्नाको हातमा समेत केही प्रतिशत ज’लेको छ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार काठमाडौँको डल्लु बस्ने मोहम्मद आलमले आ’क्रमण हुनुभन्दा केही समयअघि पवित्राको मोबाइलमा झण्डै ५० पटक फाेन गरेको देखिन्छ। यसबारे सोधपुछ गर्दा पवित्राले आलम आफ्नो दाई जस्तै भएको बयान दिइन्। तर प्रहरी उनको यो बयानमै सीमित रहेन । पवित्राको मोबाइलमा देखिएको कल डिटेलको आधारमा अनुसन्धान अघि बढाएको प्रहरीले डल्लुबाट मोहम्मद आलमलाई पक्राउ गरेपछि घटनाको भेद खुल्यो।

प्र’हार भएकी २२ वर्षीया पवित्रा कार्कीको कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालको बर्न सेन्टरमा उपचार भइरहेको छ। पवित्रा राजधानीको हायात होटलमा अकाउन्ट से’क्सनमा काम गरिरहेको र लकडाउनपछि कोठामै बसिरहेको जनाइएको छ। ए’सिडले युवतीको अनुहार र हातमा जलन भएको छ।

Related Articles

Back to top button
Close