Entertainment

साम्राज्ञी-भुवनको विवाद पुग्यो जिल्ला अदालत, शाह विरुद्ध केसीले गरे मुद्दा दर्ता

काठमाण्डौ/ नायक भूवन केसीले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह विरुद्ध मुद्दा दर्ता गरेका छन् । नायक केसीले जिल्ला अदालत काठमाण्डौमा साम्राज्ञी विरुद्ध मुद्दा दर्ता गरेका हुन् । नायक केसीले साम्राज्ञी विरुद्ध मानहानीको मुद्दा दर्ता गरेका हुन् । बिहिबार उनले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको वुझिएको छ । नायक केसी र नायिका शाहविच विगत केही समयदेखि सामाजिक संजालमा वाकयुद्ध नै चलिरहेको थियो ।

साम्राज्ञीले आफ्नो इज्जतमा नै दाग लगाउने गरि केही शब्द प्रयोग गरेको भन्दै भूवनले मुद्दा दर्ता गरेका हुन् । साथै, नायक केसीले चलचित्र ‘ड्रिम्स’को बिषयलाई लिएर भैरहेको विवाद र जापान पुग्दा साम्राज्ञीले लगाएको दुव्र्यवहारको बिषयलाई पनि आफ्नो उजुरीमा समावेश गरेको वुझिएको छ । नायक केसीले भने यो बिषयमा केही पनि बोल्न चाहेनन् । उनले, अब यो बिषय अदालतमा प्रवेश गरेकाले सबै कुरा अदालतले नै फैसला गर्ने प्रतिक्रिया दिएका छन् । यो समाचार अनलाईन खबरमा छ ।

Related Articles

Back to top button
Close