Entertainment

बिहेको भोलिपल्ट महिनावारी भएपछी श्रीमानसँग सुत्न रोक लगाइयो स्वस्तिमालाई अझै याद छ त्यो पल(भिडियो हेर्नुहोस)

अभिनेत्री स्वस्तिमा खड्का पहिलो महिनावारी बार्न सात दिन आफ्नो मामाघर गएर बसिन्। त्यो बेला उनी पन्ध्र वर्षकी थिइन्।मामाघरमा आफ्नै उमेरकी बहिनीसँग खेल्न पाउने कुराले निकै खुसी थिइन्। वास्तविकता भने उनको सोचभन्दा तितो थियो। उनलाई कोठामा कसैलाई छुन नपाउने सर्तमा एक्लै थुनेर राखियो।घरपरिवारबाट महिनावारीबारे ज्ञान नपाए पनि स्वस्तिमा साथीहरूका अनुभवबाट सचेत थिइन्। उनलाई महिनावारी प्रक्रिया, सरसफाइ र स्वास्थ्यमा ध्यान पुर्‍याउनु पर्ने कुराहरू थाहा थियो। अज्ञात त समाजका अन्धविश्वासबारे थिइन्। ‘महिनावारीको भएको महशुस हुँदा आमालाई भन्न डराएकी थिएँ,’ स्वस्तिमा भन्छिन्, ‘घरमा कहिल्यै यी विषयमा कुरा भएन। त्यही कारणले पहिलोपटक महिनावारीमा सामना गर्नुपर्ने रोकतोकले अत्ताएको थियो।’

बार्न थालेको केही दिनमै उनलाई आफ्नो घरको याद आयो। केही समय बिराएर आमा भेट्न आउँदा भक्कानो छोडेर रून्थिन्। बुबा र भाइलाई देख्न नपाउँदाको पीडा बेग्लै।छोइछाइ गर्न नहुने चलन स्वस्तिमाका निम्ति यातना बनेको थियो। यसको प्रभावले उनका पछिका दिन फेरिए। पहिलोपटक बार्नु परेको अनुभवका डरले उनले घरमा महिनावारी भएको कुरा भन्नै छाडिन्। बार्ने कुरामा धेरै कडाइ नभएकाले पनि कसैले उनको महिनावारी भएको-नभएकोबारे गम्भीर भएनन्। आमा धर्मकर्ममा सचेत भएकाले स्वस्तिमा महिनावारीका कुरा नगरी मन्दिर जान्थिन्। भिडियो हेर्नुहोस

Related Articles

Back to top button
Close