News

‘ज्यान बचाइदिनु’ भन्दै प्रधानमन्त्री गुहार्दा पनि बाँचिनन् गीता : रञ्जन छुटेपछि गीताका वृद्ध बुवा भन्छन्, ‘अब हाम्रो सुरक्षा कस्ले गर्छ’ ? (भिडियो हेर्नुस्)

निधन हुनुभन्दा ९ दिन अघि मात्र प्रधानमन्त्री कार्यालयमा ज्यान सुरक्षाको माग गर्दे उजुरी दिएकी गीताको श्रीमान रञ्जन कोइरालाले ह त्या गरे । उनलाई श्रीमानले पहिला देखि नै तेरो शव गायब बनाउछु भनेर भन्ने गरेको गीताका बुवाले बताएका छन् । उनले पुष १८ गते गीताले ज्यानको सुरक्षा पाउँ भन्दै शसस्त्र प्रहरी प्रमुख र गृहमन्त्रालयमा निवेदन दिएकी थिइन् ।

विभिन्न निकायमा उजुरी दिँदा पनि उनको कतै सुनुवाई भएन । अन्तत उनका श्रीमानले ज्यान लिइ छोडे । शसस्त्र प्रहरीका पूर्व डिआइजी रञ्जन कोइराला जे लवाट छुटेपछि गीताका बुवा र परिवारका अन्य सदस्यलाई फेरी सुरक्षाको चिन्ता छ । वृद्ध अवस्थाका हरेराम ढकाल आफ्नो छोरीको ज्यान लिने उनका पति जे लवाट छुटेको खबरले निकै चिन्तित छन् । उनलाई आफ्नो सुरक्षाको चिन्ता साथै न्याय म रेको मा पनि चिन्ता थपिएको छ ।

आफ्नो छोरी अकालमा गुमाएका यि वृद्ध बुवालाई अब आफ्ै सुरक्षाको चिन्ता छ । २०५० सालमा उनले छोरीको विवाह निकै खुसीसाथ धुमधाम विवाह गरिदिएका थिए । सुरुमा राम्रै सम्बन्ध भएपनि उनीहरुको बीचमा अर्को महिलाको प्रवेश भएपछि उनीहरुको सम्बन्ध विग्रिएको थियो । उनीहरु ६ वर्ष अघि देखि नै अलग अलग बस्दै आएका थिए । गीताले निधन हुनुभन्दा ६ महिना अघि जिल्ला अदालतमा माना चामलको मु द्दा पनि दर्ता गराएकी थिइन् । अदालतले गीतालाई आधा तलब भराउन आदेश दिएको थियो ।

अफिसले विदेश पठाएको उनी अफिसलाई थाहै नदिएर नेपाल आएर यस्तो घटना गराएका थिए । गीता हराए पछि गीताका माइतीले प्रहरीलाई दिएको उजुरी पनि प्रहरीले दर्ता नगरेको भन्दै गुनासो गरेका थिए । वुढानिलकण्ठ स्थित घर आफ्नो बनाउन रञ्जनले गीताको ज्यान लिएको परिवारका सदस्यको आरोप छ । जिल्ला र पुनरावेदन अदालतले सर्वश्व सहित जन्मकैद सुनाइएका रञ्जन विहिवार सर्वोच्च अदालतले सजाय घटाइदिएपछि छुटेका छन् । रञ्जन छुटेपछि वृद्ध अवस्थाका गीताका वुवालाई सुरक्षाको चिन्ता थपिएको छ ।

Related Articles

Back to top button
Close