कोरोनाबाट जोगिन यी ३ चिज अनिवार्य बोकेर हिँड्नुहोस्
कोरोनाबाट जोगिन यी ३ चिज अनिवार्य बोकेर हिँड्नुहोस् घरबाट निस्कँदै हुनुहुन्छ ? बानी बदल्नुस्। तीन कुरा साथमा राख्न नबिर्सनुस्। १. मास्क २.सेनिटाइजर ३. चानचुन नोट पैसा ।यी तीन चिज बिर्सनुभयो भने तपाईंलाई कोरोना संक्रमणको जोखिम हुन सक्छ।
यसबाहेक नोट गन्दा बूढी र चोरऔंलामा थुक लगाउने पुरानो बानी त्याग्न चिकित्सकको आग्रह छ। सार्वजनिक सवारीसाधनका सह–चालक पनि सावधान हुनुहोस्– ‘फलाना ठाउँ आयो’ भन्दै चिच्याउँदा थुकका छिटा यात्रुतिर पर्लान्।
विगतमा झैं यात्रुले भाडामा किचकिच गर्ने, झ्यालबाट थुक्ने, जहाँ पायो त्यहीँ बस्ने, डन्डी वा सिटमा जहाँतहीँ छुने कार्य नगर्न चिकित्सकहरुले सल्लाह दिएका छन् । सकेसम्म यात्रु र सहचालकबीच पनि धेरै नबोल्दा नै उपयुक्त हुने उनीहरुको सल्लाह छ। सहचालक दिनभरि धेरै व्यक्तिसँग कारोबार गर्नुपर्ने हुँदा संक्रमणको उच्च जोखिममा रहने चिकित्सकहरू बताउँछन्।