News

बागमतीमा १० को मृ’त्यु, २२ जना बे’पत्ता

हेटौंडा : बाढी पहिरोमा परेर बागमती प्रदेशका (काठमाडौं उपत्यकाबाहेक) विभिन्न १० जिल्लामा १० जनाको मृत्यु भएको छ। असार २४ पछिको वर्षासँगै आएको बाढी र पहिरोमा परेर बिहीबारसम्म २२ जना बे’पत्ता भएका छन्।

१४ जना घा’इते भएका छन्। बागमती प्रदेशमा सबैभन्दा धेरै सिन्धुपाल्चोकमा बाढी पहिरोले क्ष’ति गरेको छ। पहिरोले सिन्धुपाल्चोक ६ जना र धादिङमा ४ जनाको मृ’त्यु भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ। सिन्धुपाल्चोकमा १ महिला, १ पुरुष, १ बालक, ३ बालिकाको मृ’त्यु भएको छ। यस्तै धादिङमा २ महिला, १ पुरुष र १ बालिकाको मृत्यु भएको छ। कार्यालयका अनुसार वे’पत्ता हुने सबै सिन्धुपाल्चोकका हुन्।

बे’पत्ताको खोजीसँगै र घाइतेहरूको उपचार भरहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सुदीप गिरिले बताए। उनका अनुसार भौतिक संरचनाको क्षतिको विवरण संकलन हुन बाँकी छ। बिहीबार सम्ममा १० जिल्लाका १ सय ८ वटा पक्की तथा कच्ची घरमा क्ष’ति पुगेको छ।

५९ वटा कच्ची घर, २६ वटा पक्की घर र २३ वटा गोठ÷टहरामा क्षति पुगेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। प्रदेशमा ५ वटा पक्की पुल र ५ वटा झोलुंगेपुलमा क्षति पुगेको छ। प्रदेश सरकारको विपद् व्यवस्थापन समिति र जिल्लास्थित विपद् समितिको समन्वयमा सुरक्षा निकाय बाढी पहिरो पीडितको उद्धार तथा व्यवस्थापनमा जुटेको गिरिले जानकारी दिए।(आजको अन्नपुर्ण पोष्टमा खबर छ)

Related Articles

Back to top button
Close