Video

भाईको अन्त्येष्टिमा भावविह्वल महानायक राजेश हमाल (भिडियो हेर्नुहोस् )

उपचारका क्रममा निधन भएका अभिनेता राजेश हमालका भाई राकेश हमालको अहिले पशुपतिस्थित आर्यघाटमा अन्तिम संस्कार शुरु गरिएको छ । अहिले उनलाई अन्तिम श्रद्धाञ्जलि दिईरहिएको छ।

आन शुक्रवार नै भारतको नयाँ दिल्लीबाटउनको शव ल्याई अन्तिम संस्कार गर्न लागिएको हो। अभिनेता हमालको परिवार र आफन्तजनका बीच आर्यघाटमा उनका अन्तिम संस्कार शुरु भएको हो।

लामो समयदेखि कलेजो रोगसँग जुध्दै आएका राकेशको उपचारका क्रममा गत बुधबार भारतमा निधन भएको थियो। उनको कलेजोले काम गर्न छोडेपछि प्रत्यारोपण गरिएको थियो। राकेशलाई उनकै पत्नीले कलेजो दिएकी थिइन्। तर स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि उनलाई लकडाउनकै समयमा भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पताल लगिएको थियो। कारोनाको जोखिम र त्यसका कारण लगाइएको लकडाउनको अवस्थामा अन्तराष्ट्रिय विमानास्थल बन्द रहेकाले रोकशलाई विमान चार्टर गरी दिल्ली पुर्‍याइएको थियो।

अस्पतालले उनको भेलिन्टरमा राखेर उपचार गरिरहेको थियो। राकेशको उपचारका लागि उनको परिवारिक सदस्यहरु पनि दिल्ली पुगेका थिए।

सामजिक विकास र निर्माणका काममा सक्रिय राजेक निर्माण व्यसायी थिए। उनी नेपाल सरकार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, समाज कल्याण परिषदअन्तर्गतको राष्ट्रिय अपांग कोषका पुर्ब सभापति थिए। उनको परिवारमा श्रीमती तथा एक छोरा र एक छोरी छन्।

अभिनेता राजेश हमाल यतिबेला पारिवारिक शोकमा छन् । एक मात्र भाइ राकेश हमालको निधनले उनी पीडामा छन् । लामो समयदेखि कलेजो समस्याले राकेशको तीन दिनअघि भारतको नयाँ दिल्लीस्थित ह्याम्स हस्पिटलमा निधन भएको थियो ।

आफूभन्दा डेढ वर्ष मात्र भाइलाई सम्झेर राजेशले बाल्यकालका तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै आएका छन् । शुक्रबार उनले आफ्नो पूरै परिवारको तस्बिर सेयर गरेका छन् । जसमा हजुरबुबा, बुबा चुडाबहादुर हमाल, आमा, तीन दिदी, राकेश र राजेशको बाल्यकालको तस्बिर रहेको छ ।

तस्बिरमा रहेकामध्ये हजुरबुबा, बुबा, आमा र भाइ राकेशलाई राजेशले गुमाइसकेका छन् । आफ्ना परिवारका सदस्यलाई एकपछि अर्को गुमाउनुपर्दा उनी पिडामा रहेका हुन् ।

भिडियो :

Related Articles

Back to top button
Close