Video

साम्राज्ञीको बिकिनी तस्विर बारेको टिप्पणीको लागी क्षमा चाहन्छु- शोभित बस्नेत

सामजिक संजालमा वाक युद्ध हुदै अदालतसम्म पुगेको भुवन-साम्राज्ञी विवादको विषयमा विभिन्न चलचित्रकर्मीले आफ्नो टिप्पणी राख्दै आएका छन् । साम्राज्ञीले चलचित्र क्षेत्रमा आफुले भोगेको पिडालाई अथवा अनुभूतिलाई सामाजिक संजाल मार्फत भिडियो बनाएर व्यक्त गरेकी थिइन् । यो विषयमा निर्देशक शोभित वस्नेतले विभिन्न मिडियामा आफ्नो टिप्पणी दिदै आएका छन् । उनले एक मिडियामा अभिनेत्री साम्राज्ञीले विकिनी लगाएर पोष्ट गरेको तस्विरलाई नाङ्गो भनेर टिप्पणी गर्दिए। उनले सस्कार र सभ्यताको समेत टिप्पणी गरे । कसले कस्तो लुगा लगाउछ त्यो उसको व्यक्तिगत स्वतन्त्राको कुरा हो ।

हामीसंगको कुराकानीमा हामीले उनलाई ,’कुनै एक व्यक्तिले विकिनीमा आफ्नो तस्विर पोष्ट गर्दा तपाईले नाङ्गो कसरी देख्नु भयो ?’ भने प्रश्न गरेका थियौ । यसमा शोभित भन्छन्,’ चलचित्र क्षेत्रमा लामो समयबाट म रहेको छु । साम्राज्ञीले जसरि टिप्पणी गर्नुभयो त्यसले मलाइ चित्त बुझेन र रिसमा त्यस्तो अभिव्यक्ति निस्कियो । यसको लागी म उहासंग क्षमा चाहान्छु ।’

Related Articles

Back to top button