Entertainment

६० वर्षको उमेरमा पनि भुवन केसी र जियाको अनौठो प्रेम कहानी (भिडियो हेर्नुस्)

काठमाडौं । अभिनेता भुवन केसी र जिया केसीबीचको सम्बन्ध कुनै फिल्मको कहानी भन्दा कम छैन । फिल्म क्षेत्रमा भविष्य बनाउँदै गरेकी जिया यो क्षेत्रमा आएदेखि नै भुवनको एक फ्यान भएको बताउने गरेकी छन् ।

भुवन दोस्रो विवाह पनि सफल नभएर एक्लिएको बेलामा जियाले भुवनलाई साथ दिएकी थिइन् । सन् २०१४ देखि भुवन र जिया दुइ जनासंगै बस्न थालेका छन् । जिया भुवनकै घरमा बस्छिन् । उमेरले ६० वर्ष पुगिसकेका भुवन अहिले पनि उत्तिकै आकर्षक छन् र युवतीका कारण चर्चामा आएका छन् ।

उनीहरुले विवाह गरेको छैन भनेका छन् तर परिवारले भने जियालाई भुवनको जोडी भनेर स्वीकार गरेको बताइएको छ । छोरी काजल र छोरा अनमोलले सार्वजनिक गरेका तस्विरमा पनि जिया देखिन्छिन् । जसवाट उनी भुवनको परिवारमा निकै नजिक छन् भनेर बुझ्न सकिन्छ ।

उनीहरुले सार्वजनिक रुपमा आफुहरुलाई जोडीका रुपमा परिचय नगराए पनि परिवारले भने जोडीकै रुपमा स्वीकार गरेको मान्न सकिन्छ । भुवनले पहिलो मागी विवाह गरेका थिए । त्यो विवाह टिकेन । त्यसपछि उनले दोस्रो प्रेम विवाह सुस्मितासंग गरेका थिए । उनीहरुको छोरा अनमोल अहिलेका चल्ता नायक हुन् ।

केही समय यता सामाजिक सञ्जालमा अभिनेता भुवन केसी र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहबीचको विवाद चलिरहेको छ । सो विवाद अहिले राष्ट्रिय कलाकार संघ हुँदै अहिले अदालत सम्म पुगेको छ । काठमाडौँ जिल्ला अदालतमा नायक भुवन केसीले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध मु द्दा दर्ता गरेका छन् । उनले १० करोडको क्षतिपूर्तिको माग सहित मु द्दा दर्ता गरेका हुन् । नायिका शाहले आफुलाई गलत आरोप लगाएको भन्दै भुवन अदालत गएका हुन् ।

नायक भुवनको ब्यक्तिगत र सार्वजनिक जिवन निकै विवादास्पद छ । उनको दुई पटकको विवाह सफल भएन । उनी छोरासंग बस्दै आएका छन् । उनका दुवै श्रीमतीले सम्बन्ध विच्छेद गरेर अमेरिकामा छन ।

एक पछि अर्को श्रीमतीले साथ छोडेपछि अहिले उनी जिया केसीसंग साथमा छन् । उनले सार्वजनिक रुपमा जियालाई आफ्नो साथी भनेर सम्बोधन गर्छन । उनले जियासंग आफु निकै खुसी भएको पनि बताउँछन् ।

गत वर्ष जापानमा अवार्ड कार्यक्रमका लागि जाँदा जिया र भुवन संगै देखिएका थिए । उनका छोरा अनमोल पनि गएको भएपनि उनी विमानस्थलमा क्यामेराका साथमा देखिएनन् । जिया र भुवन मात्र क्यामेरामा देखिएका थिए ।

उनीहरु दुवैजनाले संगै अन्तरवार्ता पनि दिएका थिए । क्याप्टेन फिल्मको तर्फवाट जापानमा अवार्डका लागि जान लागेको भन्दै उनीहरुले जवाफ दिएका थिए । जापानमा अवार्ड कार्यक्रम सकिएपछि जिया जापानमै बसिन् भने भुवन र अनमोल अमेरिकामा अर्को अवार्डका लागि पुगेका थिए । त्यसपछि उनीहरु कामना फिल्म अवार्डका लागि नेपाल आइपुगे ।

Related Articles

Back to top button