Intresting

साइकल चलाएर मन्त्रालय जाने बेलायती प्रधानमन्त्री भन्छन्, कोरोना जित्न साइकलमै अफिस जानुस्

काठमाडौं । साइकल चलाउनु स्वास्थ्यका लागि अति नै लाभदायक छ । कोरोनाको कारण मुलुक लकडाउनमा भएको बेलामा साइकल धेरै मानिसका लागि अभिन्न अंग बन्यो । नेपालमा त्यती प्रचलनमा नभएपनि विदेशमा भने ठूला राजनीतिक नेता र सरकार संचालकहरु पनि साइकल प्रयोग गर्छन । नेपालमा तामझामका साथ सुरक्षाबल लिएर राजनीतिक दलका नेता र मन्त्रीहरु हिड्ने परम्परा छ । तर विदेशमा भने सामान्य जिवनशैली देख्न सकिन्छ ।

हालै बेलायतका प्रधानमन्त्री बोरिस जोनसोन साइकल चढेका तस्बिर भाइरल भइरहेका छन् । उनले कोरोनालाई जित्न पनि साइकल यात्रा निकै लाभदायक भएको भन्दै आफ्ना नागरिकलाई पनि साइकल प्रयोग गर्न सुझाव दिएका छन् । बढी तौल बढी भएका आफ्ना नागरिकले नोभेल कोरोनाभाइरस हराउनका लागि आफ्नो प्रतिरोधी क्षमता विकसित गर्नुपर्ने उनको सुझाव छ । यस हप्ता, विशेषज्ञले तौल बढी भएका मानिसहरु कोरोनाको उच्च जोखिममा रहेको र कारोना रहेको खण्डमा उनीहरुमा निधन हुनेको दर पनि बढि हुने उनको तर्क छ । तौल कम गर्नका लागि जोनसोनले आफ्ना नागरिकलाई साइकल चलाएर अफिस जान आग्रह गर्नेछन् ।

उनी आफु पनि साइकल चलाएर कार्यालय जाने गरेका छन् । उनले साइकल चलाएका तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । जोनसोनले जारी गर्ने यस्तो सुझाव नयाँ सरकारको रणनीति अनुसार हो जसमार्फत् भाइरसको प्रभाव कम गर्न प्रयास जारी छ । यसमार्फत्, बालबालिकाका लागि जंक फुडको विज्ञापनमा प्रतिबन्ध लगाइएको छ भने रेष्टुरेन्टको मेन्यूमा क्यालोरीको मात्रा पनि लेख्न आदेश दिइएको छ । गत मेमा जोनसनले बेलायतको संसदमा निकट भविष्य साइक्लिङका लागि नयाँ स्वर्ण युग हुनुपर्ने बताएका थिए । स्रोतः फोर्ब्स डट कम

Related Articles

Back to top button
Close