Intresting

लुडो खेल्नेहरु सावधान, काठमाडौंमा ७ जना पक्राउ कारण थाहा पाउदा सबै चकित

काठमाडौं । पछिल्लो समय लुडो खेल निकै लोकप्रिय बनेको छ । मोबाइल एप, मेसेन्जर ग्रुपदेखि बोर्ड नै राखेर लुडो खेल्नेको संख्या बढिरहेको छ ।लकडाउनपछि त धेरैको काम लुडो खेल्ने बनेको थियो । जुन अहिले पनि निरन्तर रहेको छ । यसैक्रममा लुडो खेल्ने ७ जनालाई पक्राउ गरेको छ ।

पैसा नै राखेर बाजी खेल्न थालेको पाइएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।काठमाडौं १४, सुनारगाउँमा राजकुमार कार्कीको घरमा लुडो खेल्ने र खेलाउने गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो । कार्कीले पाँच हजार रुपैयाँ लिएर लुडोको बाजी खेलाउने गरेको पाइएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट ८७ हजार ५० रुपैयाँ पनि बरामद प्रहरीले जनाएको छ । उनीहरुले ३५ हजार रुपैयाँसम्मको बाजी खेल्ने गरेको पाइएको छ ।पक्राउ परेका सबै जनाविरूद्ध जुवा ऐनअनुसार म्याद थप गरेर विस्तृत अनुसन्धान थाल्ने तयारी छ ।

Related Articles

Back to top button
Close