News

धनुषामा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि

धनुषाको प्रादेशिक अस्पतालबाट धरान रेफर गर्दा बाटोमै मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।ज्वरो र रुघाखोकी लागेर जनकपुरधामस्थित प्रादेशिक अस्पताल भर्ना भएका धनुषाको शहीदनगर नगरपालिका- ८ डुमरियाका ३८ बर्षीय युवकको थप उपचारका लागि धरान लैजाने क्रममा आइतबार बाटोमै मृत्यु भएको थियो ।

प्रदेश २ को स्वास्थ्य निर्देशनालयका सहनिर्देशक विजय झाले आइतबार साँझ ७ बजे युवकको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो ।धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले कोरोना संक्रमितको मृत्यु भएपछि सुरक्षा सतर्कता अपनाउने सम्बन्धी छलफल भइरहेको जानकारी दिए ।अनलाइनखबर

Related Articles

Back to top button
Close