News

मास्क नलगाइ हिँडे चार घण्टासम्म सडकमा बस्नु पर्ने, विना मास्क गाडी चढे घर फकाईने

काठमाडौं। काठमाण्डौमा मास्क नलगाइ हिँडडुल गर्नेलाई का’रबाहीको प्रक्रिया सुरु भएको छ। साेमबार बिहान जिल्ला प्रशासन कार्यालय काठमाण्डौ, ट्राफिक प्रहरी र नेपाल प्रहरीलगायत सरोकारवाला निकायले को’रोनाको जो’खिम बढेकाले मास्क नलगाइ हिँडडुल गर्नेलाई का’रबाही गर्नेबारे छलफल गरेका छन् । तर कसरी र के का’रबाही भन्ने विषय टुङ्गिन बाँकी छ।

लकडाउन ह’टेपछि केहीले मास्कसमेत नलगाइ हिँडडुल गरेकाले अब क’डाइ गर्न लागिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। यसरी ला’पर्वाही गरी हिँड्नेलाई स’ङ्क्रामक रोग ऐन २०२० अनुसार वा सडकमा नै चार घण्टासम्म होल्ड गरेर राख्नेसम्मको तयारी भएको महाशाखाले जनाएको छ।

यस्तै मास्क नलगाइ सार्वजनिक गाडी चढे ओरालेर घर फर्काइने छ । यो नियम छिट्टै कार्यान्वयनमा आउने पनि महाशाखाले जनाएको छ।

Related Articles

Back to top button
Close