नेपाली जान छोडेपछि भारतलाई लाग्यो ठुलो झड्का, नेपाली फर्कने बाटो पर्खिदै भारत
काठमाण्डौं – नेपाल-भारत सीमा बन्द रहे पनि दुवै देशका स्थानीय प्रशासनसँग समन्वय गरेर अहिले केही नेपालीहरू भारतको हिमाचलस्थित स्याउ बगैँचामा काम गर्न जान थालेको नेपाली कामदार र हिमाचलस्थित भारतीय स्याउ कृषकहरूले बताएका छन्। उनीहरूका अनुसार कामदारको अभाव भएपछि कतिपय भारतीय कृषक र स्याउ व्यवसायीहरूले नेपाल-भारत नाकासम्मै सवारीसाधन पठाएर मजदुरहरू लैजान थालेका हुन्। त्यसरी जान लागेका नेपालीहरूलाई “व्यावहारिकता हेरेर जान अनुमति दिइएको” सीमा क्षेत्रका कतिपय अधिकारीहरूले बीबीसी बताएका छन्।
तर केही दिनदेखि दुवै देशका सीमामा खटिएका सुरक्षाकर्मीले भारत प्रवेश गर्ने खोज्ने मानिसलाई अवरोध गरेको हिमाचल जान सीमासम्म पुगेका केही नेपालीहरूले बताएका छन्। स्याउ पाक्ने मौसम सुरु हुनै लागेकाले अहिले हिमाचलमा मजदुरको व्यापक कमी भएको बताइन्छ। जानकारहरूका अनुसार विगतमा हिमाचलस्थित स्याउ बगैँचामा काम गर्न नेपालीहरू चैततिरै त्यहाँ पुगिसक्थे। यो वर्ष भने कोरोनाभाइरस महामारी नियन्त्रणका लागि सीमानाका बन्द गरिएकाले नेपाली मजदुरहरू जान सकेका थिएनन्।