International

चर्चित नायिका ऐश्वर्याले कोरोनालाई जितेर घर फर्किदा अभिषेक र अमिताभ यस्तो अवस्थामा अस्पतालमा फेला परे

काठमाडौं / चर्चित नायिका ऐश्वर्या राय वच्चन र उनकी छोरी आरध्याले कोरोनालाई जितेर घर फर्किदा उनका पति अभिषेक र ससुरा अमिताभ भने अस्पतालमा नै उपचाररत छन् ।

१५ दिन अघि अस्पताल भर्ना भएका पति र ससुराको नानावती अस्पतालमा उपचार जारी नै रहेका बेला ऐश्वर्या डिस्चार्ज भएपछि फ्यानले अभिषेक र अमिताभको सिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

कोरोना संक्रमणको सिकार भएर १० दिनअघि अस्पताल भर्ना भएकी बलिउड नायिका ऐश्वर्या राय वच्चन अस्पतालबाट डिस्चार्ज भए लगत्तै ऐश्वर्याका पति तथा नायक अभिषेकले खुशी हुँदै पत्नि र छोरी घरका लागि निस्किएको एक ट्विट मार्फत जनाएका छन् ।

ट्विटमा उनले खुशी ब्यक्त गर्दै आफ्नो परिवारको लागि स्वास्थ्यलाभको कामना गर्ने सबैमा धन्यवाद ज्ञापन गर्दै ऐश्वर्या र आरध्या अब घरमा नै बस्ने जनाएका छन् ।

कोरोना संक्रमित भएर होम आइसोलेसनमा बसेपनि उनी ससुरा अमिताभ र पति अभिषेकभन्दा केही दिन ढिलागरी अस्पताल भर्ना भएकी थिइन् ।

भारतमा कोरोनाको महामारी बढीरहेका बेला सेलीब्रेटीमा पनि एकपछि अर्को गर्दै संक्रमण बढीरहेका बेला वच्चन परिवारका जया बाहेक सबै सदस्यमा संक्रमण पुष्टी भएपछि मुम्बईको नानवती अस्पतालमा भर्ना भएर उपचार गराएका हुन् ।

सोही अस्पतालमा उपचाररत अमिताभ र अभिषेकको यसअघि डिस्चार्जको खबर आएको भएता पनि अमिताभले आँफु अस्पतालमा नै रहेको पुष्टी गर्दै समाचारको खण्डन गरेका थिए । यसैबिच अभिषेकले आज पोष्ट गरेको ट्विटमा आँफु र आफ्ना पिता अमिताभ भने चिकित्सकको निगरानीमा अस्पतालमा नै रहने उल्लेख गरेका छन् ।

Related Articles

Back to top button
Close