International

अमेरिकालाई टक्कर दिने चीनको अत्याधुनिक जहाजको सफल परीक्षण, पानी र हावा दुवैमा चल्ने

काठमाडौं। चीनले आइतबार आफ्नो पहिलो एम्फिबियस विमान एजी ६००को समुद्रमा सफल परीक्षण गरेको छ । यो विमान समुद्र र जमिन दुवैमा टेकअफ र ल्याण्ड गर्न सक्छ । अर्थात यो पानीजहाज र हवाइजहाज दुवै हो । यसलाई चीनको एभिएसन इण्डष्ट्री कर्प अफ चाइना (एभीआइसी)ले बनाएको हो । परीक्षण उडान चीनको शेनडोंग प्रान्तको क्विंगदाओबाट दक्षिणी चीन सागरमा गरिएको थियो ।

चीनमै बनेको यो मालवाहक जहाजको उपयोग, राहत, उद्धार र सामान पुर्याउनको लागि गरिनेछ । यो विमानले क्विंगदाओ नजिकै समुद्रबाट टेकअफ गरेर शेनडोंग प्रान्तको रिझाओ विमानस्थलमा अवतरण गरेको छ । ग्लोबल टाइम्सका अनुसार यसलाई बनाउने कम्पनी एभीआइसीले यो विश्वका उत्कृष्ट एम्फिबियस विमानमध्येको एक भएको दावी गरेको छ । यसको पहिलो जमिनी उडान र ल्याण्डिङ डिसेम्बर २०१७ मा चीनको गुआंगदोंग प्रान्तमा सफलतापूर्वक गरिएको थियो ।

कम्पनीका अनुसार यो समुद्रको नुनीलो पानी र चर्को तापक्रमलाई ध्यानमा राखेर बनाइएको हो । यो तीब्र छाल आइरहेको अवस्थामा पनि समुद्रमा टेकअफ र ल्याण्ड गर्न सक्छ । यो विमानको सहयोगमा समुद्रमा रहेका चिनियाँ युद्धपोतहरु, नागरिक जहाजहरु र तेल ट्यांकरहरुलाई सामान पुर्याउन सकिनेछ । आकस्मिक अवस्थामा राहत र उद्धारमा पनि यसको उपयोग गर्न सकिनेछ ।dcnepal

Related Articles

Back to top button
Close