बलिउडका चर्चित अभिनेता ऋषि कपुरको नि धन
बलिउड अभिनेता ऋषि कपुरको नि धन भएको छ । उनको ६७ वर्षको उमेरमा निधन भएको हो । भारतीय सञ्चार माध्यम आजतकले यसबारे जानकारी दिएको हो । ऋषि कपुरको स्वास्थ्य बिग्रिएका कारण उनलाई मुम्बईको एचएन रिलायन्स फाउन्डेशन अस्पतालमा भर्ना गरिएको थियो ।
हिजो मात्रै उनलाई स्वास फेर्न अप्ठ्यारो भएपछि ६७ वर्षे ऋषिलाई बुधबार मुम्बईको रिलायन्स फाउण्डेस अस्पतालमा भर्ना गरिएको थियो। दुई वर्ष अगाडि सन् २०१८ क्यान्सर भएको पुष्टि भएपछि एक वर्ष भन्दा बढी समय अमेरिका बसेर उपचार गरेका थिए।
उनी बलिउड अभिनेता रणवीर कपुरका बाबु हुन्। लामो समय देखि क्यान्सर रोगबाट पिडितरहेका उनको अवस्था गम्भीर भएपछि बुधबार राति नै मुम्बईको एचएन रिलायन्स फाउन्डेसन अस्पताल भर्ना गरिएको भारतिय मिडियाले बताएको छ ।
उनि वर्षदेखि अमेरिकामा उपचार गराइरहेका अभिनेता ऋषि कपुर क्यान्सर जस्तो घातक रोगलाई निको बनाएर भारत फर्किएका छन् । समेत समचार आएका थिए । अहिले भने उनलाई श्वास फेर्न गाह्रो भएपछि राति नै अस्पताल भर्ना गरिएको जनाइएको छ । उनको नि धनको खबरले बलिउड शोखमा डुबेको ।