News

काठमाडौंमा मोटरसाइकल वर्कशपमा काम गर्ने २ जनालाई कोरोना

काठमाडौं । काठमाडौंको मोटरसाइकल वर्कशपमा काम गर्ने २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा आज पुष्टि भएका ५३ जनामध्ये २ जना मोटरसाइकल वर्कशपमा कार्यरत कर्मचारी रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार सामाखुसी एरियाकाे वर्कशपमा काम गर्ने ३३ वर्षका पुरुष र ४७ वर्षकी महिलामा कोरोना देखिएको हो । उहाँहरूको स्थायी ठेगाना भने ललितपुरको थैव र च्यासल रहेको छ । दुबै जनाको ट्राभल हिस्ट्री छैन र अहिले उहाँहरुकाे टेकु अस्पतालमा उपचार भइरहेकाे छ ।

Related Articles

Back to top button
Close