News

दाङमा पहिरोले पुरिएर आमा-छोरीको मृ*त्यु, घरमै सुतेका अन्य ३ जना भाग्यले बाँचे

दाङ – दाङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण घरमाथिबाट आएको पहिरोले पुरिँदा बङ्गलाचुली गाउँपालिका–५ साकिने निवासी २६ वर्षीया बाटुली नेपाली र उहाँका दुई वर्षीया छोरी आयुश्मा नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

गए राति ३ बजेतिर घरमाथिको कान्ला भत्केर आधा घर पुरिँदा उनीहरुको मृत्यु भएको हो । घरमा परिवारका अन्य सदस्य रहेको भए पनि आधा मात्रै घर पुरिएकाले अन्य सदस्य भने सकुशल रहेको प्रहरीले बताएको छ ।

घरमाथिबाट खसेको पहिरोले पुर्दा साकिनेकी २४ वर्षीया बाटुली नेपाली र उनकी २ वर्षीया छोरी आयुष्मा नेपालीको ज्यान गएको गाउँपालिका अध्यक्ष वलीले बताउनुभयो । तर परिवारका अन्य ३ जना भने सकुशल रहेका छन् । सो घरमा बाटुलीका सासु, ससुरा र जेठाजु बस्छन् ।

भुँईतला मात्रै रहेको सो घरको उत्तर तर्फ सुतेका आमा छोरीको ज्यान जाँदा दक्षिण तर्फ सुतेका अन्य ३ जना भने बाँच्न सफल भएका छन् । मृतकका श्रीमानको केही समय अघि मृत्यु भइसकेको छ । मृतकको शव पुरिएको स्थानबाट निकालिएको छ । पहिरो पीडित परिवारलाई अहिले सुरक्षित स्थानमा लगेर राखिएको छ ।

Related Articles

Back to top button
Close