News

आयुर्वेदिक औषधीले ७ दिनमै निको भए ३३ जना कोरोना संक्रमित

काठमाडौं । कोरोनाको खोप अहिले निर्माण भइसकेको छैन । खोप निर्माणका लागि विश्वभरका चिकित्सक र अनुसन्धान जुटेका छन् । खोप निर्माण नहुँदा सम्म कोरोनाको प्रभावसंगै जिवनशैली चलाउनुपर्ने बाध्यता छ । खानपान र जिवनशैलीवाट नै कोरोनालाई पराजित गर्न सकिने विभिन्न अध्ययनवाट देखिएको छ । रोग प्रतिरोधात्मक क्षमता बढाएर यसलाई परास्त गर्न सकिन्छ भन्ने अनुसन्धानवाट देखिएको हो ।

त्यसैले आयुर्वेद चिकित्सा पद्धतीलाई अब अनुसरण गर्नुपर्ने सुझाव चिकित्सकहरुवाट आएको छ । हाम्रै गाउँघरमा पाइने जडिवुटी र हामीले परम्परागत रुपमा अपनाउँदै आएको उपचार विधिवाट नै कोरोनालाई परास्त गरिएको उदाहरण कीर्तिपुर स्थित आयुर्वेद अनुसन्धान अस्पतालले देखाएको छ । सो अस्पतालमा भर्ना भएका ३३ कोरोना संक्रमितले ७ दिनमै कोरोना जितेका छन् । उनीहरुलाई आयुर्वेर्दिक तरिकाले औषधी उपचार गरिएको थियो ।

गत असार २५ र २६ गते भर्ना भएका उनीहरूले कोरोना परास्त गरेपछि एक सातामै डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । अस्पतालका चिकित्सकका अनुसार उनीहरू भर्ना भएपछि आयुर्वेद विज्ञ चिकित्सक टोलीबीच छलफल गरी श्वासप्रश्वाससम्बन्धी रोगमा प्रयोग हुने र रोग प्रतिराधी क्षमता बढाउने जडीबुटी मिलाएर बनाइएको औषधि चलाइएको थियो । त्यसको ७ दिनपछि ती पिसिआर परिक्षण गराउँदा सबैको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ ।

आयुर्वेदिक विधिबाट छोटो अवधिमै संक्रमित स्वस्थ भएपछि यसलाई थप अनुसन्धानका रूपमा प्रयोग गर्ने सोच बनाइएको आयुर्वेद अनुसन्धान अस्पतालका अनुसन्धान अधिकृत चिकित्सक अमितमान जोशीले बताए । टोलीमा काया चिकित्सक, पोषणविद्, द्रव्यगुण चिकित्सक, शल्यविज्ञ लगायत मिलेर औषधि छनोट गरिएको थियो । संक्रमितलाई शरीरको प्रतिरक्षा शक्ति बढाउन गुर्जो, पिप्ला, अश्वगन्ध, तुलसी सुतमनीलगायत जडीबुटीका औषधी प्रयोग गरिएको थियो ।

भर्ना भएकामध्ये तीन जनामा मात्र सामान्य रुघाखोकी, श्वास फेर्न गाह्रो हुने र ज्वरो आउनेजस्ता मध्यम लक्षण देखिएको थियो । अन्य सामान्य अवस्थामा अस्पतालमा भर्ना भएका थिए ।आयुर्वेदिक विधिबाट छोटो अवधिमै संक्रमित स्वस्थ भएपछि यसलाई थप अनुसन्धानका रूपमा प्रयोग गर्ने सोच बनाइएको आयुर्वेद अनुसन्धान अस्पतालका अधिकृत चिकित्सक अमितमान जोशीले बताए ।

Related Articles

Back to top button
Close