Intresting

दिनमा ५ पटक हनुमान चालीसा पढ्दा कोरोना भाइरस भाग्छ : सांसद प्रज्ञा

काठमाडौं । अहिले विश्वभर महामारीको रुपम फैलिएको कोरोना भाइरस (कोभिड–१९) लाई लिएर सबैले आ–आफ्नै तर्क प्रस्तुत गर्न थालेका छन् । यो बीचमा भारतीय जनता पार्टी (भाजपा) सांसद प्रज्ञा सिंह ठाकुरले कोरोनाभाइरस महामारीलाई समाप्त गर्न सबैले हनुमान चालीसा मन्त्र जपन गनुपर्ने बताएकी छिन् । सांसद प्रज्ञा ठाकुरले हनुमान चालीसा १० दिन पढ्दा कोरोनासँगको लडाँई जित्ने दावा गरेकी हुन् ।

भाजपा सांसद प्रज्ञा ठाकुरले ट्वीट गरेर यस्तो दावा गरेकी हुन् । उनले लेखिन, ‘आउनुहोस हामी सबै मिलेर कोरोना महामारीको अन्त्य गर्न जनताको स्वास्थ्यको लागि आध्यात्मिक प्रयास गरौँ । आज २५ देखि ५ अगस्त सम्म हरेक दिन साँझ ७ बजे तपाईको घरमा हनुमान चालीसा दैनिक ५ पटक पाठ गर्नुहोस् । ५ अगस्टमा घरमा बत्ती बालेर रामलला आरतीको अन्त्य हुनेछ ।’

Related Articles

Back to top button
Close