News

प्रतिनिधि सभा सांसद प्रदिप यादवलाई कोरोना

वीरगन्ज । पर्सा जिल्ला क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रदीप यादवलाई कोरोना संक्रमण देखिएको छ । बिहीबार राति फेसबुकमा लेख्दै सांसद यादव आफैँले यसबारे जानकारी दिनुभएको हो । ‘मैले आफ्नो पीसीआर जाँच गराउदा कोरोना पोजेटिभ देखिएको जानकारी गराउन चाहन्छु ।’ सांसद यादवले लेख्नुभएको छ ‘मेरो स्वास्थ्यमा कुनै समस्या भने देखिएको छैन। अफूलाई आइसुलेट गरेर अहिले आराममा छु ।’

कोरोनामुक्त भएर जनताको सेवामा चाँडै फर्कने विश्वास यादवले गर्नुभएको छ । सुरक्षित रुपमा घरभित्र बस्न, अत्यावश्यक काममा मात्रै निस्कन र अनिवार्य मास्क प्रयोग गर्न र सामाजिक दूरी कायम गर्न यादवले सबैलाई आग्रह गर्नुभएको छ । सांसद यादव कोरोना संक्रमण देखिने नेपालका उच्च तहका जनप्रतिनिधि हुनुहुन्छ । यसअघि वीरगन्जकै मेयर विजय सवरागीलाई पनि कोरोना संक्रमण देखिइसकेको छ ।

Related Articles

Back to top button
Close