International

अस्पतालमा आ’गो लाग्दा ८ कोरोना संक्रमितको निधन

काठमाडौं । कोरोना पोजेटिभ देखिएकाहरुलाई उपचारका लागि भन्दै बनाईएको कोभिड अस्पतालमा आ’गो लाग्दा भारतमा ८ जनाको निधन भएको छ । भारतको गुजरात राज्यमा कोरोना संक्रमितहरुलाई राखिएको एउटा अस्पतालमा आ’गलागी हुँदा आठ जनाको निधन भएको भारतीय मिडियाले जनाएका छन् ।

अहमदाबादको नवरंगपुर क्षेत्रमा भएको उक्त घटनामा मृतकमध्ये तीन जना महिला भएको बीबीसी हिन्दीले उल्लेख गरेको छ। अहमदाबादका एक वरिष्ठ अधिकारीले स्थानीय श्रेय अस्पतालमा बिहान ३ बजेतिर आ’गो लागेको बताएका छन्।

अस्पतालको बिजुलीको शर्ट सर्किटका कारण आ’गो लागेको बताइएको छ। एक घण्टामा नै आ’गो निय’न्त्रण आएको थियो। उक्त अस्पतालबाट उद्धार गरेर कोभिड पुष्टि भएका ४० बिरामीलाई अर्को अस्पतालमा सारिएको अधिकारीहरूले बताएका छन्।

भारतमा ‘कोभिड १९’ सङ्क्रमितको सङ्ख्या १९ लाख नाघेको बुधबार जनाइएको छ । गत २४ घण्टामा भारतका ५२ हजार ५०९ जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल सङ्क्रमितको संख्या १९ लाख ८ हजार २५४ पुगेको त्यहाँको केद्रिय स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको छ ।

भारतमा गत २४ घण्टामा कोरोना भाइरसका कारण ८५७ जनाको निधन भएपछि कूल निधन हुनेको संख्या बुधवार सम्म ३९ हजार ७९५ जना पुगेको छ ।

सरकारी अधिकारीका अनुसार भारतमा कोरोना भाइरस सङ्क्रमितमध्ये बाह्र लाख ८२ हजार २१५ व्यक्ति निको भएर फर्किएका छन् । भारतमा मङ्गलबार कोरोना भाइरस निको हुने क्रम ६६।३० प्रतिशतले बढेको पाइएको छ । हाल भारतमा पाँच लाख ८६ हजार २४४ जना कोरोना भाइरस सङ्क्रमित अवस्थामा रहेका छन् ।

भारतको महाराष्ट्र सबभन्दा प्रभावित बढी कोरोना फैलिएको राज्यका रुपमा रहेको छ । कोरोना भाइरस प्रभावित भारतको दोस्रो राज्य तमिलनाडू र तेस्रोमा राजधानी शहरसमेत रहेको दिल्ली राज्य रहेको छ ।

Related Articles

Back to top button
Close