News

यी हुन् बहादुर युवक प्रेम खड्का जस्ले आठ पटक जिउदै चितुवा समाते (तस्विर सहित)

हरि कुँवर,अर्घाखाँची – अर्घाखाँचीमा साहासी को अर्को नाम प्रेम खड्का हो जसले आठौं पटक जिउँदै चितुवा समाउन सफल भएका छन । सन्धिखर्क नगरपालिका वडा नम्बर – ४ वाग्लाको टुनिपोखरि छाप भन्ने स्थानमा बँदेल लाई थापेको पासोमा परेको पोथी चितुवा लाई समाउन सफल भएका हुन ।खड्काले चितुवालाई जिउँदै नियन्त्रणमा लिएर वन कार्यालयमा बुझाएका छन।

केहि समय पहिला अर्घाखाँचीमा चितुवाको आ तंक धेरै थियो । चितुवा आ तंक बढ्दै गएपछि सन्धिखर्क, किमडाडा, अर्घा, खाचिकोट, ढिकुरा, नुवाकोट, लगायतका स्थानीय बासिन्दाले चितुवा पक्राउ गर्नुपर्ने माग राख्दै जिल्ला प्रशासनमा निवेदन समेत दिएका थिए ।

यति बेला पनि प्रेम खड्का ले समातेर सम्मान प्राप्त गरेका थिए । करिब साढे ४ फिट लम्बाई र २ फिट उचाई भएको चितुवा डिभिजन वन कार्यालय अर्घाखाँचीमा जिउँदै चितुवालाई बुझाएको कार्यालय सहायक वन अधिकृत शिला पोखरेलले बताइन् । खड्का लाई कार्यालय ले सम्मान समेत गरेको थियो । तस्विर तल हेर्नुहोस Taja Khabar

तस्विर ताजा खबरका लागि हरि कुँवर

Related Articles

Back to top button
Close