News

छुट्टिमा घर आएका ६२ जना नेपाली युएई फर्किए…

काठमाडौं २४ साउन / घरबिदामा नेपाल आएका आबुधावी प्रहरीमा कार्यरत तीन महिलासहित ६२ जना नेपालीलाई यूएई सरकारले निःशुल्क जहाज चार्टर्ड गरेर काममा फर्काएको छ ।

४५ दिनको छुट्टीमा घर आएको अवस्थामा लकडाउनका कारण नेपालमै रोकिएका अबुधावी प्रहरीमा कार्यरत नेपालीलाई आबुधावी प्रहरीले झण्डै चार महिनापछि नि:शुल्क जहाज चार्टर्ड गरी फिर्ता ल्याएको हो ।

आबुधावी प्रहरीमा कार्यरत नेपाली गएको मार्च ८ देखि मे १८ सम्मको छुट्टीमा नेपाल गएका थिए । ६२ जनामध्ये धेरै जसो झण्डै ५ महिना नेपालमै रोकिएका थिए ।

एयरअरेबिया जहाजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सारजहाँ एयरपोर्ट उत्रिएका नेपालीलाई अबुधावी प्रहरीले स्कर्टिङ गर्दै क्याम्पको होम क्वरेण्टीनमा ल्याएर राखेको छ ।

Related Articles

Back to top button
Close