News

गोंगबुमा शव भेटिएका बोहराको घटनामा संलग्न आशंकामा चितवनबाट एक महिला पक्राउ

चितवन – पूर्वीचितवनको रत्ननगरस्थित माधवपुरबाट एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको गोंगबुस्थित गणेशस्थानमा दाङका कृष्णबहादुर बोहराको ह त्या गरेर फालेको आरोपमा कल्पना शाहीलाई पक्राउ गरिएको हो । ती महिलालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय भरतपुरमा ल्याईएको छ । ती महिलासंगै अन्य व्यक्तिको पनि अनुसन्धान भइरहेको चितवन प्रहरी स्रोतले जनाएको छ ।

काठमाडौं गएको प्रहरी टोलीले उनलाई थप अनुसन्धानका लागि काठमाडौं ल्याउँदैछ । शनिबार बिहान गोंगबुमा एउटा सु टकेसमा श व र केहीपर अर्को झोलामा टा-उको फेला परेको थियो । आइतबार मात्रै शव रोल्पा स्थायी घर भइ दाङमा बसाई सरेका र अहिले काठमाडौंमा बसोबास गरिरहेका कृष्णबहादुर बोहराको भएको खुलेको थियो ।

प्रहरी स्रोतका अनुसार उनलाई चितवनबाट काठमाडौं ल्याइँदैछ। ती महिला र ह-त्या गरिएका बोहोरा गोंगबुमा एउटै फ्ल्याटमा बस्दै आएकाे प्रहरीले जनाएकाे छ। उनका श्रीमान् भने विदेशमा छन्। बोहराको तस्वीर दिउँसाे सार्वजनिक गरेपछि उनको पहिचान खुलेको थियो।प्रहरीका अनुसार उनका मामा सम्पर्कमा आएपछि प्रहरीले घटना भएको घर पनि फेला पारेको हो। दाङ निवासी मृतक बोहोरा गोंगबु नयाँ बजार क्षेत्रको गार्मेन्ट उद्योगमा काम गर्थे।

Related Articles

Back to top button
Close