News

आकस्मिक बैठकले गर्यो कडाइका साथ लकडाउन गर्ने निर्णय

काठमाडौं । लकडाउन खुलेसँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या लगातार बढ्दैछ । देशभर कोरोनाका कारण अहिलेसम्म ९१ जनाको मृत्यु भएको छ । यो बीचमा समुदाय स्तरमा कोरोना भाईरसको संक्रमण तीव्र हुँदै गएपछि बुटवल उपमहानगरपालिकाले लकडाउन गरिने भएको छ । आज बसेको आकस्मिक बैठकले बुटवलमा कडाइका साथ लकडाउन गर्ने निर्णय गरिएको हो ।

देशव्यापी लकडाउन खुलेसँगै पछिल्लो समय बजारमा मानिसहरूको भीडभाड र चहलपहल बढिरहेको छ । आममानिसहरुले सामान्य सतर्कता पनि नअपनाएपछि उपमहानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको बुटवल उपमहानगरपालिकाले जानकारी दिएको छ ।

बुटवलमा रहेकालाई बाहिर जान र बुटवल आउनका लागि बिहीबार राति १२ बजेसम्म समय दिएर आगामी ५ भदौसम्मका लागि पूर्ण रूपमा लकडाउन गर्ने निर्णय गरिएको छ । लकडाउनमा अत्यावश्यकबाहेक अरु सबै क्षेत्र ठप्प हुने उपमहानगरपालिकाले स्पष्ट पारेको छ । अघिल्लो साता हाटबजारलगायतका बढी भीडभाड हुने क्षेत्र बन्द गर्ने निर्णय गरेको थियो ।

Related Articles

Back to top button
Close