Video

रचना रिमालको जन्मदिनमा रातको १२ बजे शिशिर भण्डारीले दिए सरप्राईज, आमा सम्झेर भावुक बनिन रचना ( भिडियो हेर्नुस् )

नेपाली साङितिक आकाशमा चर्चित रियालिटी शो नेपाल आईडलले परिचित बनाएको नाम हो रचना रिमाल । उनको आज जन्मदिन हो । जन्मदिनमा शिशिर भण्डारीले रचना रिमाललाई सरप्राईज दिएका छन् । रचना आजबाट १८ बर्षमा प्रवेश गरेकी छिन् ।झापा स्थायी घर भएकी उनी हाल काठमाडौमा बसेर साङितिक सपनालाई साकार गर्न दिन रात मेहनत गरिरहेकी छन् । उनको मेहनत र लगाव अनुसारको सफलता पनि प्रत्यक्ष देख्न सकिन्छ ।

सानै उमेरदेखी मन्दिरमा भजन गाउदै सुरु भएको उनको संगीत यात्राले स्कुलको कार्यक्रम हुँदै विभिन्न कार्यक्रमहरुमा फड्को मार्यो । संगीतको नशा बिस्तारै चड्दै गएपछि उनले नौ कक्षामै हुदा संगीतको औपचारिक ज्ञान पनि लिएकी थिइन् ।नेपाल आईडल तेस्रो सिजनको उत्कृष्ट ८ हुँदै संगीत यात्रालाई उनले ब्यवसायिकरण गरिन । आईडलबाट बाहिएपछी उनले शिशिर भन्डारी संग सहकार्य गर्ने मौका पाईन । शिशिरको अफरमा उनले ‘फोटो फिरिममा’ गीत गाईन ।

सो गीतले उनको उचाईलाई धेरै बढाएको छ । रचनाको स्वरमा रहेको सो गीत सामाजिक संजाल, टिकटक तथा युट्युबमा अत्याधिक रुचाईयो । यतिबेला उनी हरेक दिन जसो गीत रेकर्डिङ तथा भिडियो छायांकनमै ब्यस्त रहेकी छन् ।हाल ११ कक्षामा अध्ययनरत रिमाललाई उनको परिवारबाट पनि यो क्षेत्रको लागि पुर्ण साथ सहयोग मिलिरहेको छ । हाम्रो तर्फबाट पनि जन्मदिनको अवसरमा रचनालाई अझै धेरै सफलताको सुभकामना अर्पण गर्दछौ ।

हर्नुहोस यो रमाइलो भिडियो :

Related Articles

Back to top button