Video

निक्कै दुखद् खबर लकडाउन खुलेपछिकै सबैभन्दा धेरै कोरोना भेटियो, सरकारले लियो यस्तो निर्णय (भिडियो)

काठमाण्डाै – पछिल्लाे २४ घण्टामा काठमाण्डाै उपत्यकामा एक सय २७ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ ।नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले उपत्यकाका एक सय २७ सहित देशैभर पाँच सय २५ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयाे । काठमाण्डाैमा एक सय ११, ललितपुरमा ११ र भक्तपुरमा पाँच जना नयाँ सङ्क्रमित थपिएका हुन् ।

पछिल्ला दिन काठमाण्डौ उपत्यकामा कोरोना सङ्क्रमित भेटिने क्रम बढेको छ । उपत्यकामा समुदायस्तरमै कोरोना सङ्क्रमित भेटिने क्रम बढेपछि विज्ञहरुले थप सचेतता अपनाउनुपर्नेमा जोड दिइरहेका छन् ।बाक्लो बस्ती, आर्थिक क्रियाकलाप तथा जोखिम वर्ग धेरै भएकोले यहाँ कोरोनाको महामारी चर्को हुने भएकाले अहिले नै नियन्त्रणका लागि थप पहल आवश्यक रहेको विज्ञहरुको भनाइ छ ।

Related Articles

Back to top button
Close